latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शुक्रबार , अषोज ३, २०८२

रुकुम पूर्वको सिस्ने गाउँपालिकामा कार्यरत कोइली शाही आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी छन् । गाउँपालिकाको प्रशासन शाखामा कार्यरत कार्यालय सहायक शाहीको शव सिस्ने गाउँपालिका ५ स्थित आफ्नै कोठामा भेटिएको छ ।

वडा नम्वर ६, खोपीचारकी २३ वर्षीया शाही झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ । डिएसपी उमाशंकर प्रसाद यादवका अनुसार शाही भाडामा बस्दै आएकी थिइन् ।

घुम्न जाने योजना बनाएका उनका महिला साथीहरुले फोन गर्दा नउठेपछि आसपासका चिनजानका मानिसलाई फोन गरेर सोधपुछ गरेका थिए । कोठामा पुगेर स्थानीयले बोलाउँदा कुनै संकेत फेला नपरेपछि बिहान ९ बजेको समयमा प्रहरीलाई सूचना दिइएको थियो ।

प्रहरी टोली पुगेर हेर्दा कोठाभित्र झुण्डिएको अवस्थामा शव फेला परेको बताइन्छ । घटना गएराति नै भएको हुनसक्ने प्रहरीको अनुमान छ । शाहीको शव पोष्टमार्टमको लागि जिल्ला अस्पतालमा राखिएको छ । पोष्टमार्टमपछि मात्रै मृत्युको कारण खुल्ने प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय