latest
माओवादी सांसदको ‘किस भिडिओ’ सेयर गर्दा राप्रपाका युवा नेता पक्राउ  ||    पत्रकार र गायिकाको तिघ्रा छोएको आरोपपछि गंगामा हामफालेर ज्यान फाल्ने प्रयास  ||    फेसबुकमा चरित्र हत्या गरेको आरोपमा नयाँ बानेश्वरबाट बाघ पक्राउ  ||    सायद विदेशमा बस्ने केटासँग विवाह गर्दिनँ होला  ||    बेलिब्रिजको उद्घाटन गर्न हुम्ला पुगेका प्रधानमन्त्री ओलीले के भने ?  ||    प्रचारका लागि गरिएको ‘स्टन्ट’ भएको खुलासा  ||    ट्याक्सी बुक गरेर पहाडमा लगी ड्राइभरको हत्या, नेपालमै गुडिरहेछन् मारिएका दर्जनौं चालकका ट्याक्सीहरू  ||    आमाको उपेक्षा र दाजुको अवहेलनका कारण कुकुरसँग बस्न थाले ८ वर्षीय बालक, बोल्नुको साटो भुक्न थाले  ||   
मंगलबार , असार २४, २०८२

नेकपा (माओवादी केन्द्र) की समानुपातिक सांसद छिरिङल्यामु लामाले किस गर्दै गरेको भिडियो सेयर गरेको आरोपमा राष्ट्रिय प्रजातन्त्र पार्टीका एकजना नेता पक्राउ परेका छन् ।

टिकटकमा सबैभन्दा पहिले पोस्ट गरेको उक्त भिडियो फेसबुकमा वालमा सेयर गरेर चरित्र हत्या गरेको आरोपमा राप्रपाका युवा नेता राबहादुर बडु ‘बाग’ पक्राउ परेका हुन् ।


पक्राउ परेका उनलाई नेपाल प्रहरीको साइबर ब्यूरोले जिल्ला अदालतबाट ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

माओवादी सांसद लामाले एआईबाट बनेको भिडियो बागले सेयर गरेर आफ्नो चरित्र हत्या र बदनाम गरेको आरोपसहित प्रहरीमा जाहेरी दिएकी थिइन् ।बागले आफ्नो फेसबुक वालमा केही दिनअघि उक्त टिकट भिडियो पोस्ट गरेका थिए । तर अहिले उक्त भिडियो उनको वालबाट गायब भइसकेको छ । उता टिकटकबाट पनि यो भिडियो हराएको छ भने यो टिकटक आइडीसमेत डिएक्टिभ गरिएको छ।

बागले सेयर गरेको भिडियोमा सांसद लामा एकजना पुरूषसँग किस गरिरहेको अवस्थामा थिइन् । उक्त भिडियो सांसद लामाले नै टिकटकमा हालेको बताइएको छ ।

पक्राउ परेका राप्रपाका युवा नेता बागले पनि प्रहरीसँग छिरिङ१२सेप टिकटक एकाउन्टबाट डाउनलोड गरेर फेसबुकमा हालेको बताएका छन् । उक्त टिकटक आइडी र भिडियो हटे पनि भाइरल भएको भिडियोमा उक्त आइडी प्रष्टसँग देख्न सकिन्छ ।

उक्त आइडी उनै माओवादी सांसद शेर्पाले चलाउने गरेको पनि खुलेको छ । तर अब राप्रपा नेताले उक्त भिडियोलाई लिएर हिरासत पुग्नु परेको छ।

प्रहरीले अहिलेसम्म शेर्पा आफैंले आफ्नो टिकटक एकाउन्टमा उक्त भिडियो हालिन् या अरू कसैले हालिदिए भन्ने चाहिँ खुलिन नसकेको जनाएको ।

युवाा नेता पक्राउलाई लिएर राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले पत्रिकामा समाचार प्रकाशित हुँदा चाहिँ कारबाही नहुने तर भिडियो शेयर गर्दा भने कारबाही हुने सरकारको दोहोरो चरित्रमाथि प्रश्न उठाएका छन् ।

उक्त भिडियोमा रहेको किसिङ सिनसहितको समाचार छापेको जनआस्था साप्ताहिकबारे कुनै प्रश्न नगरेर भिडियो सेयर गरेको आरोपमा पक्राउ गरेर कारबाही चलाउनु आपत्तिजनक रहेको श्रेष्ठले बताएका छन् ।

‘नेकपा माओवादी केन्द्रको तर्फबाट प्रतिनिधिसभाको समानुपातिक सांसद जुम्लाकी छिरिङ्ग ल्यामु लामाका बारे राष्ट्रिय स्तरको साप्ताहिक पत्रिकामा प्रकाशित भएको समाचार र निज सांसद स्वयम्ले टिकटकमा पोस्ट गरेको सामग्रीलाई शेयर गरेको कसुरमा पक्राउ गर्ने, अनावश्यक दु:ख दिने कार्यबाट विधिको शासन, अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक मूल्य मान्यताको उपहास गरेको छ। युवा नेता बागको अविलम्ब र बिना शर्त रिहाइका लागि राप्रपा सरकारसंग जोडदार माग गर्दछ’, श्रेष्ठले सोमबार भनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय