भोजपुर | शनिबारको रात भोजपुरको रामप्रसाद राई गाउँपालिका–२, धोद्लेखानी बोन्थिताङ। पहाडी गाउँको आकाश शान्त थियो, टाढा कतै कुकुर भुकिरहेको आवाज मात्र। तर त्यो रात शान्त मात्रै थिएन – त्यो रात सिंगो गाउँका लागि कहालीलाग्दो निन्द्रा लिएर आएको थियो।

मध्यरातको सन्नाटा च्यात्दै भोजपुरको रामप्रसाद राई गाउँपालिका–२, धोद्लेखानी बोन्थिताङ गाउँमा एउटा कहालीलाग्दो घटना घट्यो।


धोद्लेखानीको एउटा सानो घरभित्र, जहाँ ६८ वर्षीय बेलबहादुर गिरी, उनकी पत्नी मञ्जु गिरी, छोरी १६ वर्षीया मनिषा र ९ वर्षीय छोरा सपन आफ्नो थकित दिनपछि सुत्ने तयारी गर्दै थिए। शायद सपन किताब कोचेर निदाउन गएका थिए।

तर त्यो रात घरभित्र एक पाहुना पनि थिए — ३० वर्षीय राजेन्द्र राई, मनिषाका श्रीमान्। प्रेम विवाह गरेर दुई वर्षअघि उनी यसै घरका ज्वाइँ बनेका थिए। तर त्यो सम्बन्धमा केही बिथोलिएका भावना पनि थिए, केही थाम्न नसकिएको रिस। रातको करिब १:१५ बजेको थियो, जब ती धारिला हतियारले पहिलो चोट हानेको आवाज आयो। शब्द थिएन, केवल रक्ताम्य चिच्याहट थियो — र त्यसपछि मृत्युको शून्यता।

राजेन्द्रले आफ्नै श्रीमती मनिषा, ससुरा बेलबहादुर, सासु मञ्जु र नाबालक सालो सपनको ज्यान लिएका थिए।त्यसपछि उनले “मैले मान्छे मारेँ, मलाई लिन आउनु” भन्दै प्रहरीलाई फोन गरे। फोनको त्यो एक वाक्यले भोजपुर प्रहरीको रात एकैछिनमा हल्लायो।

प्रहरी जब पुग्यो, चार वटा शव र एक जना गम्भीर घाइते व्यक्तिलाई फेला पार्‍यो। त्यो घाइते कोही अरू होइनन् — राजेन्द्र आफैँ थिए, शरीरमा गहिरा चोट बोकेका। जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दीपक श्रेष्ठ भन्छन्, “राजेन्द्र ससुराली पुगेपछि विवाद चर्कियो, र उनले धारिलो हतियारले रातको निन्द्रा र सिंगो परिवार नै सिध्याइदिए।” राजेन्द्र जसले चार जिउँदा जीवनलाई चिरिदियो, र आफुलाई एक क्रूद अपराधी बनायो।

छिमेकीका अनुसार मनिषा केही दिनअघि माइती आएकी थिइन् । मनिषालाई लिन भनेर ससुराली पुगेका राजेन्द्र र माइतीबीच मनिषाको विषयमा विवाद भएको थियो ।‘विवाद के थियो भन्ने खुलिसकेको छैन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय