latest
सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै  ||    एमाले नेता टोपबहादुर रायमाझीविरुद्ध प्रतिशोध भएको भन्दै हस्ताक्षर अभियान-  ||    प्रधानमन्त्री ओलीले गरे जिबन कै सबै भन्दा ब्यबहारिक कुरा  ||    काठमाडौँको टोखामा इनड्राइभ राइडरको मृत्यु, चालक को मृत्यु भैसके पछी यसो भन्छ इनड्राइभ-  ||    मन्त्री गुप्तालाई लक्षित ‘घुस काण्ड’ अडियो लिक, आधा करोडसम्म मागिएको खुलासा  ||    लोक सेवा आयोगको परिक्षा दिन पुगेकी श्रीमतीलाई साथ गएका जनक बाटोमै अस्ताए  ||    चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश  ||    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु  ||   
शनिबार , असार २८, २०८२

भोजपुर | सिधाकुरा अनलाइन –भोजपुरको रामप्रसाद राई गाउँपालिका–२, धोद्लेखानी बोन्थिताङमा एकै परिवारका चार जनाको सामूहिक हत्या भएको छ। घटनामा आक्रमणकारीसमेत रहेका एक जना गम्भीर घाइते भएका छन्।

प्रहरीका अनुसार ६८ वर्षीय बेलबहादुर गिरी, उनकी श्रीमती ४५ वर्षीया मञ्जु गिरी, १६ वर्षीया मनिषा गिरी र मनिषाको ९ वर्षीय भाइ सपन गिरीको हत्या भएको छ। राजेन्द्रले परिवारका चार जनाको हत्या गरेपछि मैले मान्छे मारे, मलाइ लिन आउनु भनेर आफैले प्रहरीलाई फोन गरेका थिए।
घटना गएराति करिब १:१५ बजेतिर भएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ। आइतबार बिहान चार जनाको शव फेला परेको हो।


जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दीपक श्रेष्ठका अनुसार, पारिवारिक विवादका कारण हत्या भएको देखिन्छ।

हत्या गर्ने व्यक्ति भने मृतकहरूमै पर्ने राजेन्द्र राईका ज्वाइँ हुन्। भोजपुर नगरपालिका–२, हेलाउछ बस्ने ३० वर्षीय राजेन्द्र राई आफ्ना ससुराली गएका थिए। त्यही क्रममा विवाद चर्किँदा उनले धारिलो हतियार प्रयोग गरी हत्या गरेका हुन्।

घटनापछि राजेन्द्र राई आफैँले पनि धारिलो हतियार प्रयोग गरी गम्भीर घाइते भएका हुन्। उनलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको प्रहरी स्रोतले जनाएको छ।

प्रहरी निरीक्षक श्रेष्ठका अनुसार, “राजेन्द्र राई ससुराली पुगेपछि राति विवाद चर्कियो र उनले धारिलो हतियार प्रयोग गरेर पत्नीसहित चार जनालाई आक्रमण गरे।”प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरिसकेको छ। विस्तृत विवरण संकलन भइसकेपछि थप जानकारी दिइने बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय