
नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्ना मन्त्रीलाई पनि फिर्ता बोलाएको छ।
पार्टीको आज बसेको संसदीय दलको बैठकले संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिदै प्रतिपक्षमा बस्ने निर्णय गरेको हो ।
निर्णय गरेको हो। नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीका तर्फबाट मन्त्री बनेकाले भोलि राजीनामा बुझाउने जानकारी दिएकी छिन्।
केपी ओली नेतृत्वको गठबन्धन सरकारमा नाउपाबाट सांसद अरुण चौधरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीको जिम्मेवारीमा छन्।
नाउपा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले नाउपाको तर्फबाट उद्योग पर्यटन वन तथा वातावरणमन्त्री भएका रामेश्वर चौधरीलाई बर्खास्त गरेपछि चिढिएको थियो। सुदूरपश्चिम प्रदेशमा शुक्रबार समर्थन फिर्ता लिएको नाउपाले आज संघीय सरकारलाई दिँदै आएको समर्थन पनि फिर्ता लिएको हो।