latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शुक्रबार , अषोज ३, २०८२

शिवपुरीको सडकमा गुडिरहेको गाडीमा पहिरो खसेको छ । प्रहरी नायव उपरीक्षक विक्रम लामाका अनुसार काठमाडौँबाट टोखा–छहरे सडकखण्ड हुँदै नुवाकोटको प्रसिद्ध दुप्चेश्वर मन्दिरतर्फ जाँदै गरेको बागमती प्रदेश विएडी ३७७३ नम्बरको निजी कारमा माथिबाट पहिरो खसेर क्षति गरेको हो । उक्त कारमा सवार काभ्रेको नमोबुद्ध नगरपालिका–७ का ४५ वर्षीय श्यामकृष्ण श्रेष्ठ घाइते भएको डीएसपी लामाले बताए ।

उनको हात र काँधमा चोट लागेको छ । उपचारका लागि अस्पताल लगिएको छ । घटनामा कारमा क्षति पुर्‍याएको छ भने पहिरोले उक्त सडक केहि घण्टा अवरुद्ध भएको थियो । यता, पासाङल्हामु मार्ग अन्तर्गत रहेको विदुर–त्रिशूली सडकखण्डमा विद्युतीय माइक्रोबस र मोटरसाइकल ठोक्किएको छ । विदुर नगरपालिका- १ ढुंगेमा बागमती प्रदेश ०६००१ ज ०१३८ नम्बरको विद्युतीय माइक्रोबसले शनिबार बा ९२ प १८४ को मोटरसाइकललाई ठक्कर दिएको हो ।

मोटरसाइकल चालक घाइते भएका छन् । घाइतेको स्थानीयबासीले उद्धार गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय