latest
एमाले नेत्री विद्या भण्डारीले अध्यक्षको कुर्सि चिप्लाईदिने देखेपछी ओलीले यसो भन्छन-  ||    वडाध्यक्षले ९ जना युवा लगेर कुट्दा ठेकेदारका भाचिए २ वटा दात  ||    ५ बर्षको लभ गरेर विवाह, अहिले दाईजोमा ६० लाख २० तोला सुन, एउटा कार र राजमार्गमा पर्ने जग्गा माग्दै !  ||    ‘काण्डैकाण्ड’ले बदनाम ओली सरकार  ||    अमेरिकामा सुपरमार्केटबाट सामान चोरेर भाग्न खोज्दा भारतीय महिला पक्राउ  ||    गर्भवती श्रीमतीका लागि सामान लिन जाँदै थिए, तुइन चुँडिएर महाकालीमा अस्ताए  ||    एक लाख घुस लिँदालिँदै एमालेवाट निर्बाचित मेयर पक्राउ  ||    रंगेहात समातिएका एमाले कर्मचारी नेता प्रसाई दोषी ठहर  ||   
बिहिबार , साउन २, २०८२

नारायणगढ बजार नजिक नारायणी नदी किनारमा आइतबार बिहान एक व्यक्तिलाई आक्रमण गरेर झाडीमा लुकेको बाघ नियन्त्रणमा आएको छ।

चितवन निकुञ्जका पशु चिकित्सक र हात्तीसहित राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाको प्राविधिक टोलीको दिनभरको प्रयासपछि राती पौने नौ बजे नियन्त्रणमा आएको हो।


अहिले प्राविधिक टोलिले डार्ट गरेर बेहोस बनाएका छन्। केही समय पछि बाघलाई निकुञ्ज लैजाने तयारी गरिएको छ।

आइतबार बिहान ५ः२० को समयमा नारायणी नदी किनारमा मर्निङ वाक गर्न गएका नारायणगढ बेलटाँडीका पशुपति श्रेष्ठलाई बाघले घाइते बनाएको थियो।

बाघ नियन्त्रणमा लिन दिनभर तीनवटा हात्ती परिचालित गरिएको थियो। बाघ नजिक पुग्दा गर्जन सुनेर दुई वटा हात्ती तर्सेर भागेका थिए। यी हात्ती अझै माउतेको नियन्त्रण बाहिर छन्।

पछि सौराहाबाट थप दुई हात्ती ल्याइएर बाघलाई नियन्त्रणमा लिइएको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय