भारतमा एक महिलाले इन्स्टाग्राममा कम समय बिताउन र घरको काम गर्न भन्दै आफ्ना पतिविरुद्ध उजुरी दिएकी छिन्। उनको दाबी छ कि पतिको यस्तो मागका कारण उनका इन्स्टाग्राम फलोअर्स घटेका छन्।

निशा नाम गरेकी ३० वर्षीया महिलाले आफ्ना पति विजेन्द्रविरुद्ध उजुरी दिएकी हुन्। उनीहरू भारतको उत्तर प्रदेश राज्यको नोएडामा बस्दै आएका थिए। निशाले प्रहरीलाई बताएअनुसार, उनका पति विजेन्द्रले उनलाई सामाजिक सञ्जालमा कम समय बिताएर घरको काममा बढी ध्यान दिन सुझाव दिएका थिए। निशाले हरेक दिन कम्तीमा दुईवटा इन्स्टाग्राम रिल पोस्ट गर्ने गर्थिन्, तर पतिको मागका कारण उनलाई रिल बनाउन समय मिलेन। जब एकै दिनमा उनका दुई फलोअर्स घटे, तब निशाले पतिलाई छाडेर आफ्ना आमाबुवाको घरमा गइन् र उनीविरुद्ध प्रहरीमा उजुरी दर्ता गराइन्।


हापुर जिल्लाको महिला प्रहरी चौकीले निशाको उजुरी पुष्टि गर्दै, महिलाले आफ्नो सामाजिक सञ्जालमा आएको गिरावटको दोष पतिको फोनमा कम समय बिताउने दबाबलाई दिएको बताएकी छिन्। निशाले प्रहरीलाई भनिन्, “मेरा फलोअर्स घटे किनकि मेरा पतिले मलाई भाँडा माझ्ने र घर सफा गर्ने काममा व्यस्त राखे। मलाई रिल बनाउने समय नै मिलेन।”

पत्नीको यो कदमबारे सुनेपछि विजेन्द्रले पनि जवाफी उजुरी दर्ता गर्दै निशा सधैँ इन्स्टाग्राममा व्यस्त रहने र घरको काममा ध्यान नदिने गरेको आरोप लगाए।

दुवै पक्षको कुरा सुनेपछि प्रहरीले निशा र विजेन्द्रलाई एकसाथ राखेर वैवाहिक सद्भाव र पारिवारिक जीवनको महत्वबारे काउन्सेलिङ गरायो। काउन्सेलिङ सत्र सफल भयो र यो जोडी अहिले सँगै फर्केका छन् र आफ्नो सम्बन्ध सुधार्ने प्रयास गरिरहेका छन्। तर, निशाको प्रहरी उजुरीका कारण विजेन्द्रले आफ्नो जागिर गुमाएका छन् र उनी अहिले नयाँ कामको खोजीमा छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय