latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शुक्रबार , अषोज ३, २०८२

धरान उपमहानगरपालिकाको वडा नम्बर- ४ का वडाध्यक्ष धनबहादुर राईलाई पदबाट बर्खास्त गर्न नेकपा (एमाले) धरानले सिफारिस गरेको छ। मेयर हर्क साम्पाङले चलाएको श्रमदानमा सहभागी भएको विषयलाई पनि कारबाहीको कारणका रूपमा उल्लेख गरिएको छ।

एमाले धरानका उपाध्यक्ष पारस काङमाङ राईका अनुसार वडाध्यक्ष राईले पार्टी हितविपरीत काम गरेको भन्दै पार्टीको जिल्ला कमिटी समक्ष कारबाहीका लागि सिफारिस गरिएको हो।

उपाध्यक्ष पारसले पार्टीका नेताहरूले पटक-पटक सम्झाउँदा पनि नमानेको र तीन पटक स्पष्टीकरण सोध्दा समेत चित्त बुझ्दो जवाफ नपाएपछि निर्वाचन आयोगमा बर्खास्त गर्न कारबाही सिफारिस गरिएको बताएका छन्।

धनबहादुरलाई कारबाही सिफारिस गरिएको विषयमा एमाले जिल्ला कमिटीका कार्यवाहक अध्यक्ष पर्सुराम यादवले धनबहादुरलाई एकपटक पार्टी कार्यालय बोलाएर कारबाही प्रक्रिया अगाडि बढाउने बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय