latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शुक्रबार , अषोज ३, २०८२

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डिपी अर्यालले नागर्जुन नगर अधिवेशनको अवसरमा पार्टी सभापति रवि लामिछानेको सन्देश सार्वजनिक गरेका छन्।

नागर्जुन नगर अधिवेशनलाई सम्बोधन गर्दै अर्यालले रवि लामिछानेले कारागारबाट पार्टी निर्माणमा अविचलित भएर लाग्न आग्रह गरेको बताए। लामिछानेको सन्देश उद्धृत गर्दै उनले भने, ‘हामी अविचलित भएर पार्टी निर्माणमा लाग्नुपर्छ। पार्टी सभापतिलाई भएको ज्यादतीको हामी हिसाबकिताब गर्नेछौँ, समय आउँछ, अहिले आत्तिनु पर्दैन।’

रविले पार्टी कार्यकर्ताहरूलाई आवेग र आक्रोश होइन, दृढ विश्वास, अनुशासन र संगठन निर्माणमा केन्द्रित रहनु पर्ने सन्देश दिएका छन्।

लामिछानेले कारागारमा बसेर आफ्नै खुट्टामा नअल्झिन सन्देश पठाएको र आफूले कुनै गलत काम नगर्दा पनि कारागारमा बस्नुपरेको बताएका छन्।

रवि लामिछानेले आफूले कुनै गल्ती नगरेको तर देश बनाउन, सुशासन कायम गर्न र भ्रष्टाचार, कुशासन र पुरानो राजनीति विरुद्ध उभिएको कारण जेलमा परेको बताएका छन्। त्यसको हिसाबकिताब समयमा गर्ने सन्देश पठाएका छन्।

अर्यालले रवि लामिछाने कुनै व्यक्ति वा पार्टीको नेता मात्र नभई एउटा विचार भएको बताए। उनले थपे, ‘हामीले बैङ्कमा पैसा राख्दा ब्याज पाउँछौँ तर यो सरकारले रवि लामिछानेलाई कारागारमा राख्दा त्यसको स्याज तिर्नुपर्छ, ढिलो छिटो मात्रै हो।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय