latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शुक्रबार , अषोज ३, २०८२

रुपन्देही — आउँदो कात्तिक १७ गते हुन गइरहेको रुपन्देही–३ को प्रतिनिधिसभा उपनिर्वाचनलाई केन्द्रित गर्दै राजनीतिक दलहरू आन्तरिक तयारी र छलफलमा जुटिरहेका छन्। प्रमुख दलहरूले सम्भावित उम्मेदवार चयनमा तीव्रता दिँदै गर्दा कुलमान घिसिङको नामले चासो थपिएको छ।

एमालेबाट खिमलाल भट्टराई उम्मेदवार
सत्तारूढ दल नेकपा (एमाले) ले खिमलाल भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। भट्टराई यसअघि पनि प्रतिनिधिसभा सदस्य र राष्ट्रियसभा सदस्यका रूपमा काम गरिसकेका अनुभवी नेता हुन्। एमालेको छिटो निर्णयले अन्य दलहरूलाई दबाबमा पारेको देखिन्छ।

कांग्रेस, माओवादी, रास्वपाको छलफल जारी
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका दलहरू भने अझै उम्मेदवार चयनको अन्तिम चरणमा पुगेका छैनन्। उनीहरू आन्तरिक छलफलमा व्यस्त छन्।

मधेसकेन्द्रित मोर्चा विवादमा
सङ्घीय लोकतान्त्रिक मोर्चा (सात मधेसकेन्द्रित दलहरूको गठबन्धन) भित्र पनि उम्मेदवार छनोटमा मतभेद देखिएको छ। डा. चन्द्रकान्त राउतको जनमत पार्टी र रञ्जिता श्रेष्ठ चौधरीको नागरिक उन्मुक्ति पार्टी दुवैले उम्मेदवारीका लागि दाबी गर्दै आएका छन्।

मोर्चाका अन्य पाँच घटकले भने जो निर्णय हुन्छ, उसैलाई समर्थन गर्ने वचन दिइसकेको भए पनि दुई मुख्य दलबीच सहमति अझै जुटेको छैन। राष्ट्रिय मुक्ति पार्टीका नेता केशव झाले भने, “ढिलो–चाँडो सहमति जुट्छ, मोर्चाबाट एक जना मात्रै उम्मेदवार उठ्छ।”

कुलमान घिसिङको नाम ‘सरप्राइज’ रूपमा चर्चामा
यसैबीच, नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरीले चर्चित ऊर्जा विज्ञ तथा नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई उम्मेदवार बनाउने प्रस्ताव गरेका छन्। मोर्चाका एक नेताले चौधरीको प्रस्तावपछि अन्य दलहरू पछि हट्न थालेको आभास दिएको बताएका छन्।

तर नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले यो कुरा नकारेकी छन्। “कुलमान घिसिङजस्तो व्यक्तित्वप्रति जनआस्था हुनु स्वाभाविक हो। तर, पार्टीमा उहाँसँग उम्मेदवारीका सन्दर्भमा कुनै औपचारिक संवाद, प्रक्रिया वा निर्णय भएको छैन,” उनले स्पष्ट पारेकी छन्।

कुलमान पक्षको भनाइ: “यो हल्ला मात्रै हो”
कुलमान निकट स्रोतका अनुसार, अहिले चलिरहेको चर्चा “झुटा र हल्लामात्र” हुन्। उनी अहिले आफ्नो उज्यालो नेपाल अभियान अन्तर्गत बहराइन, कतार, ओमन, दुबईजस्ता देशहरूमा भ्रमणमा छन्।
“उहाँ राजनीतिको होइन, अभियानकै सिलसिलामा विदेशमा हुनुहुन्छ,” स्रोतले भने।

राजनीतिमा प्रवेश गर्ने संकेत?
२०८१ चैत ११ गते कार्यकारी निर्देशकबाट हटाइएपछि कुलमानले खुला रूपमा राजनीति प्रवेशको संकेत दिएका थिए। उनको अभियानमूलक गतिविधि र सार्वजनिक उपस्थितिले उनी राजनीतिमा प्रवेश गर्ने सम्भावनालाई अझ बलियो बनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय