latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शुक्रबार , अषोज ३, २०८२

लोकप्रिय हास्य टेलिशृंखला मेरी बास्सै बाट दर्शकमाझ ‘अप्सरा आमा’ को रूपमा चिनिएकी कलाकार लक्ष्मी श्रेष्ठको निधन भएको छ। पारिवारिक स्रोतका अनुसार उनको शुक्रबार राति निधन भएको हो।

केही महिनादेखि घरमै थला परेकी श्रेष्ठ स्तन क्यान्सरलगायतका दीर्घरोगबाट पीडित थिइन्। उनी लामो समयदेखि उपचाररत थिइन्।

हास्य भूमिकामा दर्शकको मन जितेकी कलाकार
श्रेष्ठले मेरी बास्सै मा ‘खड्काजी’ (सीताराम कट्टेल) की छुच्ची श्रीमती ‘अप्सरा आमा’ को भूमिकामा अभिनय गरेकी थिइन्। उनको संवाद र अभिनय शैलीले दर्शकमाझ गहिरो छाप छोडेको थियो।

यस बाहेक उनले जिरे खुर्सानी, कान्छी, उल्टो सुल्टो लगायत चर्चित टेलिशृंखलामा पनि अभिनय गरेकी छन्। टेलिभिजन मात्र नभई उनले चलचित्र र म्युजिक भिडियोमा समेत अभिनय यात्रा अगाडि बढाएकी थिइन्। निर्देशक शिवहरि पौड्यालको फिल्म लक्का जवान मा पनि उनी देखा परेकी थिइन्।

नेपाली कलाकारिता क्षेत्रको अपूरणीय क्षति
नेपाली हास्य अभिनयको क्षेत्रमा विशिष्ट पहिचान बनाएकी लक्ष्मी श्रेष्ठको निधनले नेपाली कलाकारिता क्षेत्रमा शोकको छाया छाएको छ। उनका सहकर्मी, दर्शक र शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत समवेदना प्रकट गरिरहेका छन्।

कलाकार लक्ष्मी श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय