
अमेरिकाको न्युयोर्कमा आचार्य थरका २१ बर्षीय युवकलाई ११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोग लागेको छ । उनलाई बालिकामाथि दुव्र्यहारको आरोपमा पक्राउ गरेको थियो ।
रुजवेल्ट फिल्ड मलको सेफोरा स्टोरमा ११ वर्षीया बालिकालाई अनुपयुक्त रूपमा छोएको आरोपमा उनलाई पक्राउ गरिएको नाशा काउन्टी प्रहरीले जनाएको हो। आचार्य थरका २१ बर्षीय युवक साँझ ६ बजेतिर पसलबाट भागेका थिए । प्रहरीले अधिकारीहरूले आचार्यलाई नजिकै फेला पारेका थिए भने कुनै घटना बिना नै पक्राउ गरेका थिए । आचार्यविरुद्ध पहिलो डिग्री यौन दुर्व्यवहार र बच्चाको कल्याणलाई खतरामा पारेको अभियोग लगाइएको छ ।
उनलाई पक्राउपछि हेम्पस्टेडको अदालतमा पेश गरिएको थियो । अदालतको अभिलेख अनुशार आचार्यले हजुरआमासँगै रहेकी ११ वर्षीया बालिकाको नजिक पुगेर उनको खुट्टा नजिकैको पछाडिको तल्लो भाग निचोरेको अभियोग लगाइएको छ ।
पहिचान सुरक्षित राख्न अदालतको रेकर्डमा नाम उल्लेख नगरिएकी ती बालिकाले प्रहरीलाई उक्त घटनाले आफू अत्यन्तै डराएको तथा असहज अनुभव गरेको बताएकी थिइन् ।
यता आचार्यको पक्षले भने उनी निर्दोष रहेको र उनलाई फसाइएको दावी गरेको छ । आचार्यले पनि अदालतमा आफूविरूद्धका अभियोग स्वीकार गरेका छैनन् । आगामी साता अदालतमा पेश गरिने तय भएको छ भने परिवारले उनी निर्दोष सावित भएर रिहा हुने अपेक्षा गरेको छ ।