latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शुक्रबार , अषोज ३, २०८२

जिल्लाको पश्चिम क्षेत्रमा पर्ने खत्याड गाउँपालिका-५ तारापानी भन्ने स्थानमा सडकको नाला निर्माणमा काम गर्ने एक महिलाको पहिरोले ज्यान गएको छ।

खात्याड गाउँपालिका-५ तारापानीको सडकको नाला निर्माणका लागि गिट्टी कुट्दै गरेकी सोही वडा कोटीला गाउँकी ३७ बर्षिया जानु बुढाको १० मिटर माथिबाट खसेको पहिरोले शुक्रबार बिहान अन्दाजी १०:५० बजे ज्यान गएको खत्याड गाउँपालिका बिपद व्यवस्थापन शाँखा प्रमुख कुल बहादुर शाहीले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार घट्ना घटेको जानकारी पाउन साथ इलाका प्रहरी कार्यालय रातापानी र माथीचौर प्रहरी चौकीबाट प्रहरी घट्ना स्थल गएका छन्।

खत्याड गाउँपालिकाको आर्थिक र भिष्मराज कन्ट्रक्शन प्रालिले निर्माण जिम्मा पाएको १२ नम्बर ठेक्कामा पहिरोम परी ज्यान गएकी बुढा केही दिन यताबाट नाला बनाउनका लागी चाहिने गिट्टी कुट्ने काम गर्दै आएकी थिइन्।

गिट्टी कुटीरहेकै बेला बिहान १०:५० बजे १० मिटर माथिबाट खसेको पहिरोले बुढाको ज्यान गएका भिष्मराज कन्ट्रकष्नका प्रोपाइटर लोकराज दाहालले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय