latest
एमाले नेत्री विद्या भण्डारीले अध्यक्षको कुर्सि चिप्लाईदिने देखेपछी ओलीले यसो भन्छन-  ||    वडाध्यक्षले ९ जना युवा लगेर कुट्दा ठेकेदारका भाचिए २ वटा दात  ||    ५ बर्षको लभ गरेर विवाह, अहिले दाईजोमा ६० लाख २० तोला सुन, एउटा कार र राजमार्गमा पर्ने जग्गा माग्दै !  ||    ‘काण्डैकाण्ड’ले बदनाम ओली सरकार  ||    अमेरिकामा सुपरमार्केटबाट सामान चोरेर भाग्न खोज्दा भारतीय महिला पक्राउ  ||    गर्भवती श्रीमतीका लागि सामान लिन जाँदै थिए, तुइन चुँडिएर महाकालीमा अस्ताए  ||    एक लाख घुस लिँदालिँदै एमालेवाट निर्बाचित मेयर पक्राउ  ||    रंगेहात समातिएका एमाले कर्मचारी नेता प्रसाई दोषी ठहर  ||   
बिहिबार , साउन २, २०८२

काठमाडाैं । भारतीय कथावाचक अनिरुद्धाचार्यजी महाराजले नेपाल प्राकृतिक, धार्मिक र सांस्कृतिक रूपमा पवित्र ठाउँ भएको बताएका छन् । ऐतिहासिक मानिएको पशुपति कोटिहोम महायज्ञमा प्रवचनका लागि शनिबार नै काठमाडौँ आइपुगेका अनिरुद्धाचार्यजी महाराजले नेपाली सबै जनता प्रकृति र संस्कृतिसँग जोडिएको बताएका हुन् ।

उनले आफ्नो जातलाई लिएर एकअर्कालाई हेला गर्न नहुने बताए । सबै मानव जाति एक भएको उल्लेख गर्दै जातका आधारमा भेदभाव र छुवाछुत गर्न नहुने बताए । उनले नेपालमा पछिल्लो समय धर्म परिवर्तनका घटना धेरै बढ्दै गएको समेत दाबी गरे । यसरी धर्म परिवर्तन गर्दै लगे नेपाल हिन्दु राष्ट्र नरहने बताए ।


उनले नेपाल र भारतका केही जनता आफ्नो देशमा बसेर अन्य देशको प्रशंसामा बढी समय खर्चिरहेको बताए । जुन माटोमा हामी बस्छौं त्यो माटो माथि विश्वासघात गर्न नहुने उनको सुझाव थियो ।

उनले नेपालको सबैभन्दा नजिकको मित्र भारत रहेको बताउँदै नेपाल र भारतबिचको सम्बन्ध सधैँ असल रहने बताए । भारतका कारण नेपालको अर्थतन्त्र मजबुत हुँदै आएको दाबी गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय