latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शुक्रबार , अषोज ३, २०८२

कैलालीको गोदावरी नगरपालिका–३ मालिका टोलकी ममता खड्का कुँवरलाई अदालतले घर पठाएको छ।

जिल्ला प्रहरी कार्यालय, कैलालीको टोलीले बिहिवार घरदेखि पक्राउ गरेकी ममतालाई अदालतले पुनरावेदनको समय बाँकी रहेको भन्दै घर पठाएको हो। प्रहरीले अदालतमा पेस गर्ने बित्तिकै उनी घर फर्किएकी छन्।

जिल्ला अदालत, कैलालीका तहसिलदारले लगाएको तोकमा भनिएको छ, ‘यसमा पक्राउ गरी उपस्थित गराइएका प्रतिवादी ममता खड्का कुँवरको पुनरावेदन गर्ने म्याद बाँकी नै रहेको देखिदाँ निजलाई अहिले नै कैदी पुर्जी दिई कारागार कार्यालय पठाउन मिलेन।’

कैलाली प्रहरीले ४० लाख ५० हजार जरिबाना र पाँच दिन कैद सजायको फैसला जिल्ला अदालत कैलालीले गरेको भन्दै उनलाई पक्राउ गरेको थियो।

बैङ्किङ कसुर मुद्‍दामा फरार प्रतिवादी रहेकी भन्दै ममतालाई प्रहरीले पक्राउ गरेको हो। अदालतले कारागार नपठाउन भनेपछि फेरि प्रहरीले कागज गरेर उनलाई घर पठाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय