latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शुक्रबार , अषोज ३, २०८२

कुलिङ पिरियडमा भएको बदमासीमा प्रश्न उठेपछि राज्य व्यवस्था समिति सभापति रामहरि खतिवडाले संसदीय छानबिन समिति बनेपछि बैठकमा आफू उपस्थित नहुने बताएका छन्।

सभापति खतिवडाले सभामुख देवराज घिमिरेले समिति गठनको प्रक्रिया सुरु गरेको र गठन भएलगत्तै सभापतिको हैसियतमा आफू बैठकमा नजाने बताए। उनले आफू सभापति र समिति सदस्यको रूपमा बैठकमा उपस्थित हुँदा प्रमाण नष्ट गर्छ भन्ने आशंका हुने भएकाले छानबिन नसकिएसम्म बैठकमा नजाने बत्रेका छन् ।

सभापति खतिवडाले सो अवधिसम्म सरकारी गाडीको प्रयोग पनि नगर्ने जानकारी दिएका छन् ।

सभामुख घिमिरेले बिहीबार मुख्य दलका प्रमुख सचेतकसँग छलफल गर्दै संसदीय छानबिन समितिको क्षेत्राधिकार र समितिमा रहने सदस्यको बारेमा जिज्ञासा राखे। राज्य व्यवस्था समितिले कूलिङ पिरियडमा भएको बदमासी सच्याउन राष्ट्रिय सभालाई अपिल गर्ने निर्णय यसअघि नै गरेको छ। राज्य व्यवस्था समितिका सचिव सुरजकुमार दुराले भने यसअघि नै समिति छाडे।

झन्डै पाँच घण्टा बसेको बुधबारको बैठकमा समिति सदस्यले समिति छाड्न आग्रह गरेपछि सचिव दुराले जिम्मेवारीबाट अलग भएको बताए। समिति सभापति खतिवडाले यद्यपि उनले जिम्मेवारी परित्याग गरेको बारेमा संघीय संसद सचिवालयमा औपचारिक पत्र दिन बाँकी रहेको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय