latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शुक्रबार , अषोज ३, २०८२

म्याग्दीबाट आमासँगै हराउनुभएका राजकुमार राईले ३६ बर्षपछि परिवारको खोजी गर्नुभएको छ । अन्दाजी ६ बर्षको उमेरमा आमा र बुबाको झगडा भएपछि आमासँगै मामाघर जाने भनेर घरबाट हिड्नुभएका राजकुमारले आफ्नो घर म्याग्दीमा भएको दावी गर्नुभयो ।

मोरङ जिल्लाको मंगलबारेमा भेटिनुभएका ४१ बर्षिय राईले रात्रीबसमा आउँदै गर्दा हराएको बताउँदै आफ्नो परिवार बेनीबजार आसपासका क्षेत्रमा रहेको बताउनुभयो।

बुबा र आमा झगडा भएपछि करिब डेढ घण्टा हिडेर सदरमुकाम बेनीबजारमा आएर रात्री बसमा चढेको र बसबाट निस्किने बेलामा आमासँग छुटेको सम्झना रहेको राजकुमारले बताउनुभयो । ‘मेरो घर म्याग्दीमै हो, मेरो दिदीको नाम कुमारी राई हो, मेरा भाई पनि छ’ राजकुमारले भन्नुभयो।

बाल्यकालमा दिदी कुमारीसँगै विद्यालय गएको र घरबाट विद्यालय करिब १५ मिनेटमा रहेको समेत बताउनुभयो । ‘आमासँगै जंगलमा हिडेर बेनीबजार आएको थिए, अहिले पनि आउँदै गरेको बाटो याद हुन्छ’ राजकुमारले भन्नुभयो । विगतमा पनि बेनीबजार आउने प्रयास गरेपनि सफल नभएको बताउनुभयो ।

राजकुमारका अनुसार उहाँका हजुरबुवाले राई भाषा समेत बोल्नुहुन्थ्यो। घरमा हजुरबुबा, बुबा, मुखले नबोल्ने दाई, दिदी र एउटा भाई समेत रहेको राजकुमारको भनाई छ । दिदी कुमारीले धेरै मायाँ गर्ने गरेको बताउँदै आफ्नो परिवारका सदस्य भेट्न बेनी आउने बताउनुभयो । राजकुमारका अनुसार घर आसपासका क्षेत्रमा पानी खाने कुवा समेत रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय