मर्दी हिमालको बेस क्याम्पमा स्विडिस नागरिकको अवशेष फेला परेको छ । ४ हजार ५ सय मिटर उचाइमा रहेको मर्दी बेस क्याम्पको लामडाँडा खोँचमा मान्छेको दुई वटा हड्डी, टाउजर र आइफोनसहितको मानव अवशेष फेला परेको हो ।
उक्त मानव अवशेष ७ महिला अघि हराएका स्विडिस नागरिक माइकल लिउ ब्लोम्बर्गको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । टाउजर र आइफोनका आधारमा स्विडिस नागरिकको भएको पुष्टि भएको कास्की प्रहरीका एसपी मोहनकुमार थापाले जानकारी दिए ।