latest
जागिरको लोभ देखाएर शारीरिक सम्पर्कको लागि नर्सलाई फकाएको डा. प्रकाशको ८ मिनेट ५१ सेकेन्डको अडियो लिक  ||    ‘प्रचण्डको लगानी’ भन्दै रिसोर्ट जलाउने ५ जना पक्राउ, रिसोर्टमै काम गरेका समेत पुगेको खुलाशा  ||    उनि ग्राहक खोज्ने, प्रहरी उनलाई खोज्ने, राति १०:१५ बजे जे भयो  ||    भालु समात्न सेना परिचालन  ||    दार्चुलाको तवाघाट भूकम्पको धक्का महसुश  ||    कुलमान, बालेन रास्वापामा जाने च्याप्टर क्लोज, भोलि कुलमानको पार्टी दर्ता हुदै  ||    ‘हाम्रो पार्टी नेपाल’ नामक दल दर्ता गर्दै यी अभियन्ता, चुनाव चिह्न गोलो घेराभित्र ‘लाइक (👍)’ चिह्न  ||    अलपत्र परेका यी नेताले रास्वपाको नेतृत्व लिने इच्छा गरेको खुलाशा  ||   
शुक्रबार , कार्तिक २१, २०८२

नेपालगञ्जमा रहेको कर्णाली विकास बैंक घोटाला प्रकरणमा पशुपति दयाल मिश्रलाई प्रहरीले हिजाे धम्बोझी चोकबाट पक्राउ गरेको छ ।

मिश्रलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखेकाे सीआइबीका प्रहरी उपरीक्षक एवम् प्रवक्ता युवराज खड्काले जानकारी दिनुभयो ।

‘बैंकको घोटला प्रकरणमा उहाँलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो’, सूचना अधिकारी रहनुभएका खड्काले भन्नुभयो । २०६६ सालदेखि २०७५ सम्म बैंकको अध्यक्ष रहनुभएका मिश्र अहिले नेकपा (एमाले) का केन्द्रीय सदस्य हुनुहुन्छ । मधेश आन्दोलनबाट उदाएका नेता मिश्र २०७४ को प्रतिनिधिसभा चुनावमा बाँके क्षेत्र नम्बर २ बाट उम्मेदवार हुनुहुन्थ्यो ।

स्वतन्त्र राजनीतिक समूहबाट उहाँ सूर्य चुनाव चिह्नबाट प्रतिस्पर्धा गरे पनि पराजित हुनुभएको थियो । पछि उहाँ एमाले प्रवेश गर्नुभएको थियो ।

मिश्रसँगै ठगी प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या तीन पुगेको छ । यसअघि तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी र बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ परिसकेका छन् । पक्राउ परेकाविरुद्ध बैंकिङ कसूर तथा सजाय ऐन २०६४ अन्तर्गतको कसूरमा नेपाल राष्ट्र बैंकको समन्वयमा अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।

कर्णाली विकास बैंकमा अहिलेसम्म दुई अर्ब ५० करोड रुपैयाँ हिनामिना भएको भन्दै उजुरी परेको थियो । बैंक सञ्चालक समिति अध्यक्ष डा. ओमप्रकाश मिश्रको संयोजकत्वमा गठित विशेष छानबिन समितिले ठूलो रकम घोटाला भएको निष्कर्ष निकालेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय