latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
बिहिबार , अषोज २, २०८२

श्रीमानसँग सम्बन्धविच्छेद गर्न खोज्ने एक जना महिलाको खुट्टा काटिएको घटना बाहिरिएको छ । यो घटना पाकिस्तानको गुल शहरको हो ।

श्रीमानले बारम्बार आफूमाथि हिंसा गर्ने गरेको भन्दै सम्बन्धविच्छेद गर्न चाहने महिलाको खुट्टा उनकै बाबु र काकाले काटिदिएका हुन् ।
घटनामा सोबिया बतुल शाह गम्भीर घाइते भएकी छिन् । उनी हिड्नै नसक्ने अवस्थामा रहेको जनाइएको छ ।

बाबु सइद मुस्तफा शाह र उनका काकाहरु सइद कुरबान शाह, एशान शाह, शाह नवाज र मुस्ताक शाह मिलेर सोबियाको खुट्टा काटिदिएको पाकिस्तानको जियो न्युजले जनाएको छ ।

बन्चरो प्रहार गरेर सोबियाको कुट्टा काटेपछि उनीहरु फरार भएका थिए ।

प्रहरी घटनास्थल पुग्दा सोबिया रगतले लतपतिएको अवस्थामा भेटिएकी थिइन् । उनलाई तत्कालै नवाव शाह अस्पताल लगिएको जियो न्युजले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय