latest
जागिरको लोभ देखाएर शारीरिक सम्पर्कको लागि नर्सलाई फकाएको डा. प्रकाशको ८ मिनेट ५१ सेकेन्डको अडियो लिक  ||    ‘प्रचण्डको लगानी’ भन्दै रिसोर्ट जलाउने ५ जना पक्राउ, रिसोर्टमै काम गरेका समेत पुगेको खुलाशा  ||    उनि ग्राहक खोज्ने, प्रहरी उनलाई खोज्ने, राति १०:१५ बजे जे भयो  ||    भालु समात्न सेना परिचालन  ||    दार्चुलाको तवाघाट भूकम्पको धक्का महसुश  ||    कुलमान, बालेन रास्वापामा जाने च्याप्टर क्लोज, भोलि कुलमानको पार्टी दर्ता हुदै  ||    ‘हाम्रो पार्टी नेपाल’ नामक दल दर्ता गर्दै यी अभियन्ता, चुनाव चिह्न गोलो घेराभित्र ‘लाइक (👍)’ चिह्न  ||    अलपत्र परेका यी नेताले रास्वपाको नेतृत्व लिने इच्छा गरेको खुलाशा  ||   
शुक्रबार , कार्तिक २१, २०८२

पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीसँग सम्बन्धित जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री माधव नेपाललाई बुधबार ३५ लख रुपैयाँमा धरौटीमा छाड्न आदेश गरेको छ ।

विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राई,रामबहादुर थापा र विदुर कोइरालाको इजलासले नेपाललाई धरौटीमा छाड्न आदेश गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २२ गते पतञ्जली जग्गा हिनामिना प्रकरणमा नेपालसहित ९३ जनाविरूद्ध मुद्दा दायर गरेको थियो ।

विशेषले गरेको म्याद तामेलीपछि नेपाल आज बिहान अदालतमा आफैँ उपस्थित भएका थिए । आज नेपालका तर्फबाट पाँच र सरकारी पक्षबाट पाँच जना वकिलले बहस गरेका थिए ।

पतञ्जली योगपीठको हदबन्दी जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित ९३ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।

आरोपपत्रमा पूर्वप्रम नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो मागदाबी गरिएको थियो ।

नेपालमाथि उक्त जग्गा खरिदमा हदबन्दी छुटको निर्णय गरेर अनियमितता गरेको अभियोग छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय