latest
सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै  ||    एमाले नेता टोपबहादुर रायमाझीविरुद्ध प्रतिशोध भएको भन्दै हस्ताक्षर अभियान-  ||    प्रधानमन्त्री ओलीले गरे जिबन कै सबै भन्दा ब्यबहारिक कुरा  ||    काठमाडौँको टोखामा इनड्राइभ राइडरको मृत्यु, चालक को मृत्यु भैसके पछी यसो भन्छ इनड्राइभ-  ||    मन्त्री गुप्तालाई लक्षित ‘घुस काण्ड’ अडियो लिक, आधा करोडसम्म मागिएको खुलासा  ||    लोक सेवा आयोगको परिक्षा दिन पुगेकी श्रीमतीलाई साथ गएका जनक बाटोमै अस्ताए  ||    चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश  ||    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु  ||   
शनिबार , असार २८, २०८२

पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भिजिट भिसा प्रकरणमा संसद अवरोध जारी राखेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बारे अहिले केही टिप्पणी नगर्ने बताएका छन् ।

मंगलबार संसदीय दलको कार्यालय सिंहदरबारमा पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग छलफलपछि बाहिरिने क्रममा सञ्चारकमीसँग कुरा गर्दै उनले बिस्तारै रास्वपाले सबै कुरा थाहा पाउने स्पष्ट पारे ।


साथै नेपालसँग गम्भीर कुराकानी केही नभएको उनको भनाइ छ । ‘संसदमा भएको गतिरोध, सरकारले गठन गरेको छानबिन समिति, समाजवादी मोर्चा लगायतका विषयमा सामान्य छलफल भएको हो । गम्भीर विषयमा छलफल भएको होइन’, उनले भने, ‘रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भनेर अन्तिमसम्म प्रयास गरेको छु । अझै गर्दैछु । रास्वपाका साथीहरूले एकदिन सबै कुरा बुझ्नेछन् ।’

भिजिट भिसा प्रकरणमा सरकारले सोमबार पूर्वमुख्य सचिव शंकरदास वैरागीको नेतृत्वमा ७ सदस्यीय समिति गठन गरेको थियो । सुरुका दिनमा माओवादीले रास्वपासँगै मिलेर संसद अवरोध गरेपनि पछि दुई बुँदे सहमति गरेर संसदको अवरोध हटाएको थियो । तर सरकारले गठन गरेको समितिप्रति रास्वपा र राप्रपाले अस्वीकार गरेको छ । माओवादीले भने स्वागत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय