काठमाडौं– ‘होस्टेल ३’बाट केदार घिमिरे ‘माग्ने बूढा’का छोरा आशिषले ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् । वर्कसप जारी रहेको यस फिल्मको निर्माण पक्ष र आशिषबीच कागजी सम्झौता भइसकेको छ ।

निर्देशक सशान कँडेलका अनुसार आशिष फिल्म शीर्ष मध्येको एक भूमिकामा अनुबन्ध भएका हुन् ।

उनले भने, ‘फिल्ममा बहुसङ्ख्या प्रमुख पात्रहरू छन् । होस्टेलमा बसेर अध्ययन गर्नेहरूमध्ये एकजना पुरुष कलाकारको थप आवश्यक थियो । हामीले खोजेको जस्तो पात्र आशिषमा पायौँ ।’

आशिषले यसअघि टेलिसिरियल ‘मेरी बास्सै’मा अभिनय गरेका थिए । ‘धन्धुकारी’को भूमिकामा उनी सो समय चर्चामा पनि थिए ।

त्यस्तै फिल्ममा ‘होस्टेल ३’मा अर्की कलाकार हेना नगरकोटी पनि अनुबन्ध भएकी छन् । उनी थिएटर पृष्ठभूमिबाट चलचित्रमा प्रवेश गरेकी हुन् ।

भदौ २१ बाट छायांकनमा निस्कने तयारीमा निर्देशक कँडेल रहेका छन् । छायांकन अगावै फिल्मको प्रदर्शन मिति आगामी फागुन १६ गतेलाई तोकिएको छ ।

यसअघि फिल्मका पारस बम ‘कुल बोइ’ रिहान गिरी, पदम तामाङलगायत अनुबन्ध भइसकेका छन् । निर्माण पक्षले कही दिनअघि उनीहरु वर्कसपमा बसेको फोटो सार्वजनिक गरेको थियो ।

यो फिल्मको कथा निर्देशक कँडेल आफैँले लेखेका हुन् । सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्ससँगको सहकार्य बन्ने यस फिल्मको कार्यकारी निर्माता शङ्कर कोइराला हुन् भने निर्माताहरू कर्ण कार्की र गोविन्द अधिकारी हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर