latest
सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै  ||    एमाले नेता टोपबहादुर रायमाझीविरुद्ध प्रतिशोध भएको भन्दै हस्ताक्षर अभियान-  ||    प्रधानमन्त्री ओलीले गरे जिबन कै सबै भन्दा ब्यबहारिक कुरा  ||    काठमाडौँको टोखामा इनड्राइभ राइडरको मृत्यु, चालक को मृत्यु भैसके पछी यसो भन्छ इनड्राइभ-  ||    मन्त्री गुप्तालाई लक्षित ‘घुस काण्ड’ अडियो लिक, आधा करोडसम्म मागिएको खुलासा  ||    लोक सेवा आयोगको परिक्षा दिन पुगेकी श्रीमतीलाई साथ गएका जनक बाटोमै अस्ताए  ||    चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश  ||    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु  ||   
शनिबार , असार २८, २०८२

उत्तर इरानको गिलान प्रान्तस्थित अस्ताने–ए–अशरफियेह शहरमा भएको आक्रमणमा कम्तीमा ९ जनाको मृत्यु भएको छ। ३३ जना घाइते भएका छन्। आक्रमणमा चारवटा घर पूर्ण रूपमा ध्वस्त भएको बताइएको छ।

गिलान प्रान्तको गभर्नर कार्यालयले उक्त आक्रमणलाई “आतंकवादी हमला” को संज्ञा दिँदै त्यसको ठूलो निन्दा गरेको छ।


इरानी सञ्चारमाध्यमहरूले इजरायलले यो आक्रमण गराएको दाबी गरेका छन्। गिलानका उप-गभर्नरले मृत्यु तथा घाइते हुनेहरूमध्ये १६ जना महिला तथा बालबालिका रहेको जानकारी दिएका छन्।

केही मिडिया रिपोर्टहरूमा उल्लेख भएअनुसार मारिनेहरूमध्ये एकजना इरानी आणविक वैज्ञानिक मोहम्मद रेजा सिद्दिकी पनि रहेका छन्।

यसैबीच, इजरायली सेनाले पनि गएराति एक वरिष्ठ इरानी आणविक वैज्ञानिकको हत्या गरिएको पुष्टि गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय