latest
कुलमान, बालेन रास्वापामा जाने च्याप्टर क्लोज, भोलि कुलमानको पार्टी दर्ता हुदै  ||    ‘हाम्रो पार्टी नेपाल’ नामक दल दर्ता गर्दै यी अभियन्ता, चुनाव चिह्न गोलो घेराभित्र ‘लाइक (👍)’ चिह्न  ||    अलपत्र परेका यी नेताले रास्वपाको नेतृत्व लिने इच्छा गरेको खुलाशा  ||    घनश्याम, किसान श्रेष्ठ, रामकुमारीसहित ६ नेताबारे नयाँ खुलाशा  ||    सोमबार देखि फेरी एमाले बन्दै  ||    रवि र छविको मुद्दामा उच्चले दियो यस्तो आदेश  ||    बालेनले लेखेको स्टाटसलाई लिएर साईबर ब्युरो पुग्यो युवा संघ, राहदानी रोक्का राख्न र पक्राउ गर्न माग  ||    जनार्दन शर्मा, सुदन किराँती, सुमना श्रेष्ठ, डीपी अर्यालकेको तयारी गर्दैछन ?  ||   
बिहिबार , कार्तिक २०, २०८२

जोगबनीबाट सामान लिएर विराटनगर फर्कने अपाङगता भएका व्यक्तिहरुसँग प्रहरीको नाममा पैसा असुल्ने आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले विराटनगर १२ का २५ वर्षीय धन कुमार थारुलाई नियन्त्रणमा लिएर अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान सुरु गरेको हो ।

विराटनगर महानगरपालिका वडा नं. १६ स्थित रानी–जोगबनी सडक खण्डमा थारुले जोगबनीबाट सामान लिएर आउने अपाङगता भएका व्यक्तिसँग रोकेर प्रहरीको परिचय दिने र पैसा माग्ने गरेको आरोप छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक कोपिला चुडालका अनुसार प्रहरीको नाममा डर र त्रास देखाउँदै रकम माग्ने गरेको सुचना प्राप्त भएपछि उनीमाथि निगरानी गरिएको थियो । त्यस क्रममा असार ६ गते उनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका थारु विरुद्ध पाँच दिनको म्याद थप गरेर अनुसन्धान भईरहेको जानकारी दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय