latest
सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै  ||    एमाले नेता टोपबहादुर रायमाझीविरुद्ध प्रतिशोध भएको भन्दै हस्ताक्षर अभियान-  ||    प्रधानमन्त्री ओलीले गरे जिबन कै सबै भन्दा ब्यबहारिक कुरा  ||    काठमाडौँको टोखामा इनड्राइभ राइडरको मृत्यु, चालक को मृत्यु भैसके पछी यसो भन्छ इनड्राइभ-  ||    मन्त्री गुप्तालाई लक्षित ‘घुस काण्ड’ अडियो लिक, आधा करोडसम्म मागिएको खुलासा  ||    लोक सेवा आयोगको परिक्षा दिन पुगेकी श्रीमतीलाई साथ गएका जनक बाटोमै अस्ताए  ||    चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश  ||    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु  ||   
शनिबार , असार २८, २०८२

पाकिस्तानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गर्ने योजना रहेको घोषणा गरेको छ । गत महिना भारत र पाकिस्तानबीच भएको युद्धविराम वार्तामा ट्रम्पले खेलेको भूमिकालाई कारण देखाउँदै पाकिस्तान सरकारले यस्तो घोषणा गरेको हो ।

एक्स (पूर्व ट्विटर) मा पाकिस्तान सरकारले भनेको छ, ‘हालैको भारत–पाकिस्तान संकटका बेला ट्रम्पको निर्णायक कूटनीतिक हस्तक्षेप र महत्वपूर्ण नेतृत्वलाई सम्मान दिँदै उनलाई नोबेल शान्ति पुरस्कार दिनु उपयुक्त हुन्छ ।’


भारतले भने गत महिनाको द्वन्द्व अन्त्य गर्न अमेरिका मध्यस्थकर्ताको भूमिकामा रहेको भन्ने दाबी अस्वीकार गर्दै आएको छ । भारतले तेस्रो पक्षबाट कूटनीतिक हस्तक्षेप नचाहेको स्पष्ट पारेको छ ।

ट्रम्पले यसअघि पनि आफूले नोबेल शान्ति पुरस्कार पाउनुपर्ने दाबी गर्दै आएका छन् । यस वर्षको नोबेल पुरस्कार विजेताको घोषणा अक्टोबरमा हुनेछ ।

अमेरिकी राष्ट्रपति ट्रम्प यसअघि सन् २०१८, सन् २०२० र सन् २०२३ मा नोबेल शान्ति पुरस्कारका लागि सिफारिसमा परेका थिए । तर पुरस्कार भने पाएका छैनन् ।

हालसम्म अमेरिकाका चार जना पूर्वराष्ट्रपतिहरुले विश्वप्रतिष्ठित नोबेल शान्ति पुरस्कार पाएका छन् ।

सन् १९०६ मा थियोडोर रुजबेल्टले, सन् १९१९ मा उड्रो विल्सनले, सन् २००२ मा जिम्मी कार्टरले र सन् २००९ मा बराक ओबामाले नोबेल शान्ति पुरस्कार पाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय