latest
कुलमान, बालेन रास्वापामा जाने च्याप्टर क्लोज, भोलि कुलमानको पार्टी दर्ता हुदै  ||    ‘हाम्रो पार्टी नेपाल’ नामक दल दर्ता गर्दै यी अभियन्ता, चुनाव चिह्न गोलो घेराभित्र ‘लाइक (👍)’ चिह्न  ||    अलपत्र परेका यी नेताले रास्वपाको नेतृत्व लिने इच्छा गरेको खुलाशा  ||    घनश्याम, किसान श्रेष्ठ, रामकुमारीसहित ६ नेताबारे नयाँ खुलाशा  ||    सोमबार देखि फेरी एमाले बन्दै  ||    रवि र छविको मुद्दामा उच्चले दियो यस्तो आदेश  ||    बालेनले लेखेको स्टाटसलाई लिएर साईबर ब्युरो पुग्यो युवा संघ, राहदानी रोक्का राख्न र पक्राउ गर्न माग  ||    जनार्दन शर्मा, सुदन किराँती, सुमना श्रेष्ठ, डीपी अर्यालकेको तयारी गर्दैछन ?  ||   
बिहिबार , कार्तिक २०, २०८२

तीन दिन अघि रहस्यमय रूपमा मृत फेला परेकी १६ दिने सुत्केरी तुलसी नाथको उनकै देवरले हत्या गरेको पुष्टि भएको छ।

कैलालीको गौरीगंगा नगरपालिका–७, कैलाशपुरकी १९ वर्षीया तुलसी नाथ शुक्रबार बिहान घर नजिकैको नालीमा मृत फेला परेकी थिइन्। प्रारम्भिक रूपमा घटनालाई रहस्यमय मानिएको थियो। अनुसन्धानका क्रममा उनका २० वर्षीय देवर नवीन नाथले हत्या गरेको खुलेको इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी रणबहादुर चन्दले जानकारी दिए।

प्रहरीका अनुसार घटना भएको दिन बिहान तुलसी आफ्नो १६ दिने शिशुलाई खोप लगाउन स्वास्थ्य चौकी गएकी थिइन्। फर्किंदा सबैले खाना खाइसकेका र तुलसीका लागि खाना राखेका थिएनन् । ‘उनले चाउचाउ खाएर चित्त बुझाएकी थिइन्,’‘त्यस क्रममा उनले कमाउने मेरै श्रीमान्, तर मलाई सुत्केरी अवस्थामा पनि खाना नराखिदिने भनेकी रहिछिन् । त्यसले नवीनलाई असह्य भएको रहेछ ।’

आर्थिक अभाव झेलिरहेका नवीनलाई दिउँसो भाउजूले ‘कमाउनु केही छैन’ भनेको कुराले उनी रिसाएका थिए । ‘साँझ खाना नवीनले नै बनाए ।

र परिवारका सदस्यसँगै बसेर खाना खाएका थिए। नवीनकी श्रीमती भने बिरामी भएको भन्दै खाना खाएकी थिइनन्।

राति सबै सुतिसकेपछि नवीनले भाउजुको कोठामा गई उनको मुख थुनेर हत्या गरेको र लगाएका सुनका गहना निकालेर शवलाई नालीमा फालेको प्रहरीको भनाइ छ।

भोलिपल्ट बिहान नन्द हेमा मर्निङ स्कुल जान उठ्दा घर नजिकै नालीमा भाउजू तुलसीको शव देखेकी थिइन्। घटनापछि परिवारका सदस्यले तुलसीले लगाएका सुनका गरगहना हराएको जानकारी दिएपछि प्रहरीले अनुसन्धान गहना चोरी र हत्या दुवै कोणबाट अघि बढाएको थियो।

तुलसीका श्रीमान् र देवर पहिले भारतमा सँगै काम गर्थे। दाजुले कमाएको पैसा तुलसीकै खातामा पठाइने गरेको र घरको आर्थिक जिम्मेवारी तुलसीले सम्हाल्ने गरेकीले नवीन असन्तुष्ट भएको खुलेको छ।

प्रहरीले नवीनका बाबु मार्फत सोधपुछ गर्दा नवीनले अपराध स्वीकार गरेका थिए। उनका अनुसार हत्या गरेर गहना घर बाहिर गिट्टी थुपारेको ठाउँमा लुकाएका थिए। प्रहरीले उक्त स्थानबाट गहना बरामद गरेको छ।

तुलसीको शव पोस्टमार्टमका लागि पठाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय