latest
सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै  ||    एमाले नेता टोपबहादुर रायमाझीविरुद्ध प्रतिशोध भएको भन्दै हस्ताक्षर अभियान-  ||    प्रधानमन्त्री ओलीले गरे जिबन कै सबै भन्दा ब्यबहारिक कुरा  ||    काठमाडौँको टोखामा इनड्राइभ राइडरको मृत्यु, चालक को मृत्यु भैसके पछी यसो भन्छ इनड्राइभ-  ||    मन्त्री गुप्तालाई लक्षित ‘घुस काण्ड’ अडियो लिक, आधा करोडसम्म मागिएको खुलासा  ||    लोक सेवा आयोगको परिक्षा दिन पुगेकी श्रीमतीलाई साथ गएका जनक बाटोमै अस्ताए  ||    चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश  ||    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु  ||   
शनिबार , असार २८, २०८२

भारतबाट कारमा ठूलो परिमाणमा लागूऔषध लिएर फर्किदै गरेका दुई युवायुवती झापाको भद्रपुरमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा काठमाण्डौ महानगरपालिका वडा नं.२६ बस्ने २४ वर्षीय निवेश कुँवर र लमजुङ कोलासोतार गाउँपालिका वडा नं. ७ बस्ने २२ वर्षीया नोजिना रानामगर रहेका छन् ।


दिउँसो १ः३० बजे गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक विजय चौहान र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट प्रहरी नायव निरीक्षक कुमार सोमेस लामिछानेको कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले भद्रपुर ५स्थित भन्सार चोकमा भारतबाट नेपालतर्फ आइरहेको बा. प्रदेश ०१–०३० च ७७९३ नं. को नेटा कम्पनीको ब्लु रंगको कारलाई रोकी चेकजाँच गरेको थियो ।

त्यसक्रममा चालक कुँवरले कालो प्लाष्टिकमा प्याक गरि आफू बस्ने सिटमा राखेर त्यसमाथि बसेर लुकाईछिपाई ल्याइरहेको अवस्थामा लागूऔषध ब्राउनसुगर फेला परेको थियो । त्यसलाई डिजिटल तराजुमा तौल गर्दा प्लाष्टिकसहित ५१ ग्राम ९९० मिलिग्राम र प्लाष्टिकं बाहेक ४७ ग्राम ६९० मिलिग्राम ब्राउनसुगर रहेको प्रहरीले जनाएको छ ।

सो ब्राउनसुगरसहित कार चालक कुँवर र कारमा सवार रानामगरलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा ल्याई थप अनुसन्धान भइरहेको जनाइएको छ

उनीहरुलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खडकाले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय