latest
सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै  ||    एमाले नेता टोपबहादुर रायमाझीविरुद्ध प्रतिशोध भएको भन्दै हस्ताक्षर अभियान-  ||    प्रधानमन्त्री ओलीले गरे जिबन कै सबै भन्दा ब्यबहारिक कुरा  ||    काठमाडौँको टोखामा इनड्राइभ राइडरको मृत्यु, चालक को मृत्यु भैसके पछी यसो भन्छ इनड्राइभ-  ||    मन्त्री गुप्तालाई लक्षित ‘घुस काण्ड’ अडियो लिक, आधा करोडसम्म मागिएको खुलासा  ||    लोक सेवा आयोगको परिक्षा दिन पुगेकी श्रीमतीलाई साथ गएका जनक बाटोमै अस्ताए  ||    चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश  ||    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु  ||   
शनिबार , असार २८, २०८२

प्रसूति सेवा लिन चितवनस्थित भरतपुर अस्पताल जाँदै गरेकी हेटौँडा–५ की २७ वर्षीया रेणुका कँडेल पहाडीको दुर्घटनामा मृत्यु भएको छ । दोस्रो सन्तान जन्माउनका लागि प्रसूति गराउन भरतपुर हिँडेकी रेनुकाले शनिबार भएको दुर्घटनामा श्रीमान ३५ वर्षीय सरोज र सासुआमा ५५ वर्षीया मैयाकुमारीसँगै ज्यान गुमाएकी छिन् ।

शनिबार बिहान १०ः १५ बजेको समयमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवन जिल्लाको राप्ती नगरपालिका–४ मा भएको दुर्घटनामा उनीहरूको मृत्यु भएको थियो । हेटौँडाबाट नारायणगढतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ज २९९ नम्बरको रेणुका सवार माइक्रोबस धनगढीबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३५८३ नम्बरको यात्रुबाहक बस आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ ।


हेटौँडामै नियमित स्वास्थ्य जाँच गराउँदै आएकी रेणुका सन्तान जन्माउनका लागि परिवारसहित चितवन जाँदै थिइन् । चिकित्सकले रेनुकाको सुत्केरी हुने मिति आइतबार तोकिदिएका थिए । रेनुकाका श्रीमान सरोजलाई मामा नवराज पहाडीले आफ्नो गाडी लिएर जान भनेका थिए । तर, सरोजले सुत्केरी भएपछि २÷४ दिन अस्पतालमै बस्नुपर्ने हुनसक्ने भन्दै सार्वजनिक माइक्रो बसमा यात्रा गर्ने निर्णय लिएका थिए ।

सरोजले ३ वर्षीया छोरीलाई बुबासँग घरमै छाडेर गर्भवती श्रीमतीसँगै आमालाई साथी लिएर भरतपुर हिँडेका थिए । तर, सरोजले दोस्रो सन्तान हेर्ने सपना पूरा हुन सकेन । उल्टै गर्भमा रहेको भ्रूणसँगै श्रीमती रेणुका र आमाको साथमा ज्यान गुमाउन बाध्य भए ।

श्रीमती, छोरा, बुहारी र गर्भमा रहेको नाति पुस्ताको एक चिहान हुँदा रेवती पहाडी अचेत अवस्थामा रहेको छिमेकी विजय पुडासैनीले जानकारी दिए । ‘श्रीमती, छोरा, बुहारी र गर्भमा रहेको भ्रूण पनि गुमाउनु परेपछि बुबा रेवती पहाडी अचेत हुनुभएको छ । बेलाबेलामा बर्बराइरहनुभएको छ । छिमेकमा बज्रपात परेपछि चितवन पुग्नुभएका पुडासैनीले भने, ‘रेवती सर अचेत हुनुहुन्छ । पहाडी परिवारमा ठुलो दुर्घटना भो । हामी पनि शोकमा छौँ ।’

दुर्घटनामा परी हेटौँडा–४ का ५५ वर्षीय सोमप्रसाद रुपाखेती, माइक्रोबस चालक हेटौँडा–१० का ३१ वर्षीय राजु थिङ र रौतहट जिल्लाको चन्द्रनिगाहपुर–६ की ३५ वर्षीया सीता चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । चितवन प्रहरीले रुपाखेतीको ठेगाना साविक हटिया गाविस–३ उल्लेख गरे पनि उनी हाल हेटौँडा–४ मा बस्दै आएका थिए ।

दुर्घटनामा परी मृत्यु भएकी एक युवतीको सनाखत हुन सकेको छैन । अन्दाजी १९ वर्षीय युवतीको सनाखत हुन नसकेको प्रहरीले उल्लेख गरेको छ । दुर्घटनामा परी घाइते भएकाहरू भरतपुरस्थित पुरानो मेडिकल कलेज, एलाईभ अस्पताल भरतपुरमा उपचार भइरहेको छ ।

घाइतेमध्ये हेटौँडा–४ का ३१ वर्षीय विष्णु लम्साल, हेटौँडा–१२ का ३२ वर्षीय सिंहवीर घलान र हेटौँडा–१३ का १६ वर्षीय सक्षम थापा मध्यम घाइते रहेको प्रहरीको भनाई छ । हेटौँडा–८ की ३४ वर्षीया गंगा घलान गम्भीर घाइते भएकी छन् ।

बस चालक मोरङ जिल्लाको बेलबारी नगरपालिका–७ का २७ वर्षीय सुमन चौधरी प्रहरी नियन्त्रणमा रहेको छ । बस चालक चौधरी सामान्य घाइते भएको र उपचारपछि डिस्चार्ज भएर प्रहरी नियन्त्रणमा रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय