latest
कुलमान, बालेन रास्वापामा जाने च्याप्टर क्लोज, भोलि कुलमानको पार्टी दर्ता हुदै  ||    ‘हाम्रो पार्टी नेपाल’ नामक दल दर्ता गर्दै यी अभियन्ता, चुनाव चिह्न गोलो घेराभित्र ‘लाइक (👍)’ चिह्न  ||    अलपत्र परेका यी नेताले रास्वपाको नेतृत्व लिने इच्छा गरेको खुलाशा  ||    घनश्याम, किसान श्रेष्ठ, रामकुमारीसहित ६ नेताबारे नयाँ खुलाशा  ||    सोमबार देखि फेरी एमाले बन्दै  ||    रवि र छविको मुद्दामा उच्चले दियो यस्तो आदेश  ||    बालेनले लेखेको स्टाटसलाई लिएर साईबर ब्युरो पुग्यो युवा संघ, राहदानी रोक्का राख्न र पक्राउ गर्न माग  ||    जनार्दन शर्मा, सुदन किराँती, सुमना श्रेष्ठ, डीपी अर्यालकेको तयारी गर्दैछन ?  ||   
बिहिबार , कार्तिक २०, २०८२

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूविरुद्धका षड्यन्त्र अझै नसकिएको बताएका छन् ।

पार्टीको तेस्रो स्थापना दिवसका अवसरमा शनिबार भैरहवा कारागारबाट अपिल सार्वजनिक गर्दै सभापति लामिछानेले अपराधपूर्ण घेराबन्दीमा जनताको अदालतबाहेक न्याय माग्न जाने आफ्नो ठाउँ नभएको बताएका हुन् । लामिछानेले भनेका छन्, ‘मविरुद्धका षड्यन्त्र अझै सकिएका छैनन् । २०४६ सालपछिका ३६ वर्षमा यिनीहरूले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकालाई कसरी कब्जा गरिसकेका छन्, आज संसारले देखेको छ । यो अपराधपूर्ण घेराबन्दीमा अब मैले जनताको अदालतबाहेक न्याय माग्न जाने ठाउँ छैन ।’

सभापति लामिछानेले बितेका ३६ वर्षमा नेताहरूले देश र जनतालाई दिएको दुःखका अगाडि आफूले पाएको दुःख केही पनि नभएको बताएका छन् । ‘राज्य यिनको, अड्डा–अदालत यिनको, मिडियासमेत यिनकै । राज्यका सारा अंग र संरचना यिनकै भर्तीकेन्द्र । घरिघरि लाग्छ, यिनीहरूले मलाई धेरै दुःख दिए । तर, विचार गर्दै जाँदा गएका ३६ वर्षमा यिनीहरूले देश र जनतालाई दिएको दुःखका अगाडि मैले पाएको दुःख त केही पनि होइन । यिनीहरूले मलाई जेल हाले भनेर के दु:खमनाउ गर्नु, जब यिनीहरूले सिंगो देशलाई नै जेल बनाइसके,’ उनले भनेका छन् ।

सभापति लामिछानेले कसैको राजनीति, कसैको सरकार बनाउन वा जोगाउन र कसैलाई उच्च वा सर्वोच्च पुग्न आफू बलि चढ्नुपरेको बताएका छन् । सभापति लामिछानेले एउटा मान्छे कति जनाको भाकलका लागि कति पटक रेटिने र कति टुक्रामा काटिने भन्ने प्रश्न पनि गरेका छन् ।

‘सबैले मेरै बलि चढाउने भाकल गरेका छन् । कसैको राजनीति जोगाउन, कसैको सरकार बनाउन वा जोगाउन र कसैलाई उच्च वा सर्वोच्च पुग्न पनि मेरै बलि चढ्नुपर्ने । म एउटा मान्छे कति जनाको भाकलका लागि कति पटक रेटिने, कति टुक्रामा काटिने ? सबको भाकल पूरा गर्न रेटिँदा–रेटिँदा मसँग हाडछाला र एकमुठी प्राण मात्र बाँकी छ,’ उनले भनेका छन्, ‘यतिबेला मसँग सत्यबाहेक केही पनि बाँकी छैन । म थुनिँदा मात्रै न्यायालयप्रतिको विश्वास कायम रहन्छ रे । आज सबै क्षेत्र जनताको प्रत्यक्ष निगरानीमा छ । मिडिया होस् या न्यायालय, जनताको अदालतमा ढिलोछिटो सबैले जवाफ दिनुपर्नेछ । एक न एकदिन सबैको स्वतेपत्र निस्कने नै छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय