latest
सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै  ||    एमाले नेता टोपबहादुर रायमाझीविरुद्ध प्रतिशोध भएको भन्दै हस्ताक्षर अभियान-  ||    प्रधानमन्त्री ओलीले गरे जिबन कै सबै भन्दा ब्यबहारिक कुरा  ||    काठमाडौँको टोखामा इनड्राइभ राइडरको मृत्यु, चालक को मृत्यु भैसके पछी यसो भन्छ इनड्राइभ-  ||    मन्त्री गुप्तालाई लक्षित ‘घुस काण्ड’ अडियो लिक, आधा करोडसम्म मागिएको खुलासा  ||    लोक सेवा आयोगको परिक्षा दिन पुगेकी श्रीमतीलाई साथ गएका जनक बाटोमै अस्ताए  ||    चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश  ||    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु  ||   
शनिबार , असार २८, २०८२

१३ वर्षीया छोरीलाई बिक्री गरी भारतीय पुरुषसँग विवाह गराउने आमा पक्राउ परेकी छन् । जिल्ला प्रहरी कार्यालय पर्साले बाल विवाह र मानव बेचबिखनको गम्भीर आरोपमा उनल्लई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनले आफ्नै १३ वर्षीय नाबालिग छोरीलाई ४ लाख ८० हजार रुपैयाँ नगद लिएर एक भारतीय नागरिकसँग उमेर नपुगी अन्तरजातीय विवाह गराएकी छन् ।


जाहेरीमा महिलाले आफ्नी छोरीलाई आफूभन्दा तिन गुणा बढी उमेर भएको भारतीय नागरिकसँग ४ लाख ८० हजार रुपैयाँमा बिक्री गरी विवाह गराएको उल्लेख छ ।

जाहेरी प्राप्त भए लगत्तै प्रहरीले तत्काल कारबाही अघि बढाएको र असार ४ गते आफ्नै नाबालिग छोरीलाई पैसा लिएर जबरजस्ती विवाह गराउने कार्यमा उक्त कार्यमा संलग्न आमालाई नियन्त्रणमा लिएर पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको लम्सालले जानकारी दिए ।

पक्राउ परेकी महिलाको नाम, ठेगाना र वतन गोपनीयताका कारण परिवर्तन गरिएको छ र उनलाई प्रहरीले ‘३४ जिल्ला २०८१/०८२ शिबर्वा (क/३)’ को रूपमा उल्लेख गरेको छ ।

घटना बाल विवाह सम्बन्धी कसुर र मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी अपराधसँग जोडिएको छ । नेपालको मुलुकी अपराध संहिता, २०७४ को दफा १७१ अनुसार १८ वर्षभन्दा कम उमेरकी बालिकासँग विवाह गर्नु वा गराउनु गैरकानुनी मानिन्छ र यस्तो कार्यमा संलग्न व्यक्तिलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुन सक्छ । साथै, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार यस्तो कार्यमा संलग्न व्यक्तिलाई ७ देखि १५ वर्षसम्म कैद र ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने प्रावधान छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता लम्सालका अनुसार, पक्राउ परेकी महिलामाथि बाल विवाह र मानव बेचबिखनको कसुरमा अनुसन्धान भइरहेको छ । प्रहरीले घटनास्थलको निरीक्षण, साक्षीहरूको बयान र अन्य प्रमाणहरू सङ्कलन गर्ने कार्यलाई तीव्रता दिएको छ । साथै, नाबालिग बालिकाको स्वास्थ्य अवस्था र उनको संरक्षणका लागि सम्बन्धित निकायहरूसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय