latest
कुलमान, बालेन रास्वापामा जाने च्याप्टर क्लोज, भोलि कुलमानको पार्टी दर्ता हुदै  ||    ‘हाम्रो पार्टी नेपाल’ नामक दल दर्ता गर्दै यी अभियन्ता, चुनाव चिह्न गोलो घेराभित्र ‘लाइक (👍)’ चिह्न  ||    अलपत्र परेका यी नेताले रास्वपाको नेतृत्व लिने इच्छा गरेको खुलाशा  ||    घनश्याम, किसान श्रेष्ठ, रामकुमारीसहित ६ नेताबारे नयाँ खुलाशा  ||    सोमबार देखि फेरी एमाले बन्दै  ||    रवि र छविको मुद्दामा उच्चले दियो यस्तो आदेश  ||    बालेनले लेखेको स्टाटसलाई लिएर साईबर ब्युरो पुग्यो युवा संघ, राहदानी रोक्का राख्न र पक्राउ गर्न माग  ||    जनार्दन शर्मा, सुदन किराँती, सुमना श्रेष्ठ, डीपी अर्यालकेको तयारी गर्दैछन ?  ||   
बिहिबार , कार्तिक २०, २०८२

नेकपा एसका सांसद तथा प्रमुख सचेतक मेटमणि चौधरीले आफूले कुनै पनि रकम लेनदेन नगरेको दाबी गरेका छन् ।

उजुरी दिने रोल्पाका धात बुढा मगर र आफूबीच मामा भाञ्जाको सम्बन्ध रहेको उल्लेख गर्दै उनले आफ्नो कुनै पनि आर्थिक कारोबार नरहेको बताएका हुन् ।

उनले भने, ‘आमापछिको मामा भन्थ्यो, मैले भान्जा भन्थे, म त मर्न लाइगे मामा भन्यो, तपाईँको चेक दिएपछि मलाई सजिलो हुन्छ भन्यो, अनि मैले चेक दिएको हो, सरकारी काममा कहिले काहीँ अड्किँदा मैले सहयोग गर्थे, त्यो बाहेक लेनदेन नै गरेको छैन ।’

आफूहरुबीच यसअघि पनि सहयोग आदानप्रदान हुने गरेको उल्लेख गर्दै उनले उजुरी दिने मगरको चेक आफूसँग पनि रहेको बताए ।

उनले भने, ‘भान्जाको चेक मसँग पनि छ, पानीले भिजेको हुँदा नयाँ चेक देऊ भन्दा भान्जाले दिएनन् । अहिले चेक अनादरमा मुद्दा हालेको भन्ने सुन्दैछु । त्यति धेरै पैसा मसँग छैन पनि, यो सबै नचाहिने कुरा हो ।’

एमालेका मानिसहरूले उक्साएर आफूविरुद्ध उजुरी हालेको दाबी उनले गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय