latest
कुलमान, बालेन रास्वापामा जाने च्याप्टर क्लोज, भोलि कुलमानको पार्टी दर्ता हुदै  ||    ‘हाम्रो पार्टी नेपाल’ नामक दल दर्ता गर्दै यी अभियन्ता, चुनाव चिह्न गोलो घेराभित्र ‘लाइक (👍)’ चिह्न  ||    अलपत्र परेका यी नेताले रास्वपाको नेतृत्व लिने इच्छा गरेको खुलाशा  ||    घनश्याम, किसान श्रेष्ठ, रामकुमारीसहित ६ नेताबारे नयाँ खुलाशा  ||    सोमबार देखि फेरी एमाले बन्दै  ||    रवि र छविको मुद्दामा उच्चले दियो यस्तो आदेश  ||    बालेनले लेखेको स्टाटसलाई लिएर साईबर ब्युरो पुग्यो युवा संघ, राहदानी रोक्का राख्न र पक्राउ गर्न माग  ||    जनार्दन शर्मा, सुदन किराँती, सुमना श्रेष्ठ, डीपी अर्यालकेको तयारी गर्दैछन ?  ||   
बिहिबार , कार्तिक २०, २०८२

धुलिखेल नगरपालिकाको १७औँ नगरसभा अधिवेशनबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको वर्तमान सङ्घीय संरचनामा समावेश प्रदेश सभाको औचित्यमाथि प्रश्न उठाउँदै, उक्त सभा खारेज गर्न सङ्घीय सरकारलाई औपचारिक अनुरोध गर्ने निर्णय गरिएको छ ।

नगरसभा सदस्य तथा धुलिखेल नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष अर्जुन न्यौपानेले प्रस्तुत गरेको प्रदेश खारेज अनुरोध सम्बन्धी प्रस्तावमा प्रदेश तहका सम्बन्धमा पुनर्विचार गर्न आवश्यक रहेको उल्लेख गरिएको छ ।

प्रस्ताव माथि छलफल पश्चात् नगरसभाले उक्त प्रस्तावलाई सर्वसम्मत रूपले पारित गरेको जानकारी नगर प्रमुख अशोक ब्याञ्जु श्रेष्ठले दिएका छन् । उनले सञ्जालमार्फत जानकारी दिँदै लेखेका छन्, “धुलिखेल नगरको १७औँ अधिवेशनबाट प्रदेश सभा खारेज गर्न सङ्घीय सरकारलाई अनुरोध गर्ने भनी नगरसभा सदस्य अर्जुन न्यौपानेद्वारा प्रस्तुत प्रस्ताव सर्वसम्मत रूपमा पारित गरिएको छ ।”

नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्षहरू तथा अन्य सभा सदस्यहरूको पूर्ण उपस्थिति र सर्वसहमतिमा पारित सो निर्णयलाई स्थानीय तहबाट उठाइएको गम्भीर नीतिगत सन्देशको रूपमा लिइएको छ ।

वर्तमान सङ्घीय संरचनामा देखिएको कार्यक्षमता, जवाफदेहिता, र लागतसम्बन्धी बहसबिच आएको धुलिखेल नगरपालिकाको यो निर्णयले प्रदेश तहको औचित्य तथा सुधारको आवश्यकता विषयमा राष्ट्रिय तहमा पुनः बहस सुरू गर्ने देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय