latest
भारतले नै भन्यो बालेनलाई लोकप्रिय राजनेता  ||    सामाजिक संजालमा भिडियो भाईरल बनेपछि सांसद सुमना श्रेष्ठ यसो भन्छिन-  ||    Breaking: १३ वर्षीया बा’ लिकालाई ३ लाखमा बिक्री गरी भारतीय पुरुषसँग विवाह गराइएको खुलासा  ||    इजरायलको बंकरमा रहेका विराटनगरका मेयर कसरि पुगे मुम्बई ?  ||    मेयर बालेन साह र रास्वपाबारे पूर्वभारतीय राजदूत रञ्जित रेले बोलेको कुराले खैलाबैला  ||    कांग्रेसका मन्त्रीले कुटे नेकपा एसका नेता  ||    भिजिट भिसा प्रकरणका भट्टराईले यी व्यक्तिसंग १० दिनमा ४८ चोटी फोनमा कुराकानी गरेका रहेछन  ||    उखाने भनेर भिडियो बनाउदा पक्राउ परेकी टिकटकरबारे यस्तो छ अपडेट  ||   
बिहिबार , असार ५, २०८२

मोरङको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला इजरायल–इरान युद्धका कारण प्रभावित कार्यक्रमपछि स्थलमार्गबाट जोर्डन हुँदै भारतको मुम्बई पुगेका छन् । कोइराला बिहीबार (असार ५) साँझसम्म काठमाडौं आइपुग्ने उनको सचिवालयले जनाएको छ ।

इजरायली विदेश मन्त्रालयको निमन्त्रणामा सहकारी, कृषि प्रविधि तथा सहरी विकाससम्बन्धी अध्ययन भ्रमणका निम्ति मेयर कोइराला गएको जेठ २६ गते त्यसतर्फ प्रस्थान गरेका थिए । कार्यक्रम असार ५ गतेसम्म हुने तय थियो । तर, यसबीचमा सुरु युद्धले भ्रमण प्रभावित भएको हो ।

युद्धका कारण इजरायलका सबै विमानस्थल बन्द गरिएकाले उनी स्थलमार्ग हुँदै जोर्डन गएका थिए । त्यसपछि कुवेत, भारतका मुम्बई र नयाँ दिल्ली हुँदै उनी स्वदेश फर्कने क्रममा छन् ।

मेयर कोइरालाले युद्ध तत्काल रोकिने सम्भावना नरहेको भन्दै इजरायल र इरानमा रहेका नेपाली नागरिकलाई सकुशल स्वदेश फर्काउनुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय