latest
कुलमान, बालेन रास्वापामा जाने च्याप्टर क्लोज, भोलि कुलमानको पार्टी दर्ता हुदै  ||    ‘हाम्रो पार्टी नेपाल’ नामक दल दर्ता गर्दै यी अभियन्ता, चुनाव चिह्न गोलो घेराभित्र ‘लाइक (👍)’ चिह्न  ||    अलपत्र परेका यी नेताले रास्वपाको नेतृत्व लिने इच्छा गरेको खुलाशा  ||    घनश्याम, किसान श्रेष्ठ, रामकुमारीसहित ६ नेताबारे नयाँ खुलाशा  ||    सोमबार देखि फेरी एमाले बन्दै  ||    रवि र छविको मुद्दामा उच्चले दियो यस्तो आदेश  ||    बालेनले लेखेको स्टाटसलाई लिएर साईबर ब्युरो पुग्यो युवा संघ, राहदानी रोक्का राख्न र पक्राउ गर्न माग  ||    जनार्दन शर्मा, सुदन किराँती, सुमना श्रेष्ठ, डीपी अर्यालकेको तयारी गर्दैछन ?  ||   
बिहिबार , कार्तिक २०, २०८२

पूर्वभारतीय राजदूत रञ्जित रेले काठमाडौंका मेयर बालेन्द्र साह (बालेन)लाई सम्भवत: नेपालकै लोकप्रिय राजनेता भएको बताएका छन्। एक भारतीय च्यानलसँगको अन्तर्वार्तामा रेले बालेन युवा पीढीमाझ आशाको केन्द्र बनेको बताउँदै यस्तो जिकिर गरेका हुन्।

‘बालेन साह जो काठमाडौंका मेयर छन् उनी र्‍यापर हुन्,’ रेले भनेका छन्, ‘सम्भवत: आजको तारिखमा उनी नेपालकै लोकप्रिय राजनेताको रूपमा रहेका छन्।’

युवाहरूको बाहुल्यता रहेको नेपालमा पुराना पुस्ताका नेताहरूले राज गरेको भन्दै यसले युवा पीढीलाई निराश बनाएको उनले बताए। ‘नेपालमा अहिलेका स्थापित नेताहरू ४–५ पटक प्रधानमन्त्री भइसकेका छन्,’ उनले भने, ‘जसबाट नेपाली युवाले केही नयाँ अपेक्षा गर्न सकिरहेको छैन।’

उनले यस्तो निराशाजनक अवस्थामा केही नयाँ शक्तिहरूको उदय भएको सुनाए। ‘रास्वपा त्यस्तै नयाँ शक्ति हो जुन युवामाझ लोकप्रिय छ,’ उनले भने, ‘यसमा राजवादी शक्ति राप्रपा पनि थपिएको छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय