latest
सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै  ||    एमाले नेता टोपबहादुर रायमाझीविरुद्ध प्रतिशोध भएको भन्दै हस्ताक्षर अभियान-  ||    प्रधानमन्त्री ओलीले गरे जिबन कै सबै भन्दा ब्यबहारिक कुरा  ||    काठमाडौँको टोखामा इनड्राइभ राइडरको मृत्यु, चालक को मृत्यु भैसके पछी यसो भन्छ इनड्राइभ-  ||    मन्त्री गुप्तालाई लक्षित ‘घुस काण्ड’ अडियो लिक, आधा करोडसम्म मागिएको खुलासा  ||    लोक सेवा आयोगको परिक्षा दिन पुगेकी श्रीमतीलाई साथ गएका जनक बाटोमै अस्ताए  ||    चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश  ||    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु  ||   
शनिबार , असार २८, २०८२

कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङगामले गृह जिल्ला ताप्लेजुङमा पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेमाथि मुक्का प्रहार गरेका छन् ।

मंगलबार हाङगामको गृह जिल्ला ताप्लेजुङको सदरमुकाम फुङलिङमा मन्त्रीले आफूलाई दुईपटक मुक्का प्रहार गरेको थेबेले बताए ।


‘म कफी खाएर घरतिर जाँदै थिएँ । उहाँ मदिरा सेवन गरेर आउनुभएको रहेछ । अनि २०८४ मा मसँग चुनाव लड्ने भन्दै हिँड्दै छौं रे भन्नुभयो । तपाईंलाई कसले भन्यो ? भन्ने मान्छे ल्याउनुहोस् भनेपछि उहाँले तलाईं तँ तेस्रो मान्छे चाहिन्छ भन्दै मुक्का प्रहार गर्नुभयो,’ थेबेले भने । आफूले हेलमेट लगाएकाले कुनै चोटपटक नलागेको उनको भनाइ छ ।

हाल कांग्रेसका नेताहरूले मिल्नुपर्छ भनेर दबाब दिएको थेबेले बताए । ‘कांग्रेस संसदीय दलका नेता उद्धव थापाले फोन गरेर अहिले कतै उजुरी नदिनुस्, पहिला बसेर छलफल गरौं भनेर भन्नुभएको छ,’ उनले भने ।

पूर्वमुख्यमन्त्री समेत रहेका कांग्रेस संसदीय दलका नेता थापाले भने आफूले मन्त्रीजीले हातपात गरेको भन्ने सुनेको बताए । ‘मैले के हो भनेर मन्त्रीसँग बुझ्दा पर्सि विराटनगरमा आएर भन्ने जवाफ मात्रै दिनुभएको छ,’ उनले भने ।

मन्त्री हाङगामसँग फोन सम्पर्क गर्दा उनले उठाएनन् । यता, प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले हातपात भयो रे भन्ने मात्रै सुनेको बताए । उनले कुनै उजुरी नआएका कारण थप जानकारी नभएको जवाफ दिए।

थेबे नेकपा एसका प्रदेश कमिटीका सदस्य हुन् । मन्त्री हाङगामले भने अझै पिट्ने भन्दै फोनमा धम्काएको नेकपा एसका नेताहरू बताउँछन् । ‘केन्द्रमा गृहमन्त्रीको ५० करोडको कुरा आएकै छ,’ नेकपा एस कोशी प्रदेश कमिटीका उपमहासचिवसमेत रहेका जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख छिरिङलामाले भने, ‘उहाँले अहिले पनि धम्काइरहनुभएको छ । अब पार्टीसँग कुरा गरेर दिउँसोसम्म किटानी जाहेरी दिन्छौं।’

कांग्रेसका नेताहरूले भने पर्सि विराटनगरमै बसेर यो घटना मिलाउन दबाब दिएको एसका नेताहरूले बताएका छन् । हाङगाम ताप्लेजुङ प्रदेश निर्वाचन क्षेत्र (२) बाट निर्वाचित नेपाली कांग्रेसका सांसद हुन् । उनी यसअघि पनि बारम्बार विवादमा तानिएका थिए ।

२०८० भदौ २२ गते ताप्लेजुङको मिनी महोत्सवको विवादमा सांसद हाङगामले तत्कालीन जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख (डीएसपी) राजन लिम्बूलाई ज्यान मार्ने धम्की नै दिएका थिए । उनले प्रहरीको हात हतियार खोसेको आरोपसमेत लागेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय