latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शनिबार , अषोज ४, २०८२

मोरङको सुन्दरहरैँचा नगरपालिका-१२ का सुशील बजगाईं बुधबार बिहान उपचारका लागि घरबाट निस्किए । विराटनगरस्थित विराट टिचिङ अस्पतालमा स्वास्थ्य जाँच गराए । उनको शुक्रबार अप्रेसन हुने तय भएको थियो ।

तर, स्वास्थ्य जाँच गरेर घर नपुग्दै उनले दुर्घटनामा ज्यान गुमाए । दुर्घटनामा सुशीलको ज्यान गएपछि यतिबेला परिवार शोकमा डुबेको छ ।

४९ वर्षीय बजगाईंको बुधबार दिउँसो विराटनगरमा भएको सवारी दुर्घटनामा परेर ज्यान गएको हो । छोरा प्रितम बजगाईंको साथमा प्र १–०२–०४८ प ३७८१ स्कूटरमा घर फर्किँदै गर्दा को १ क ९५३ नम्बरको टिपरले ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

बेलबारी जेसिजका पूर्वअध्यक्ष तथा बेलबारी नगरपालिका-३ का पूर्व वडा सदस्य विपिन आचार्यका अनुसार सुशीलको शुक्रबार हर्नियाको शल्यक्रिया हुने तय भएको थियो । त्यसको पूर्वतयारीस्वरूप आवश्यक रक्त परीक्षण र अन्य जाँच गर्न उनी अस्पतालमा गएका थिए । आचार्य सुशीलका साला हुन् ।

सुशील पञ्चेश्वर मन्दिर नजिक आइपुग्दा स्कूटरलाई टिपरले ठक्कर दिएको थियो । गम्भीर घाइते भएका उनलाई तत्कालै विराट टिचिङ अस्पताल पुर्‍याइएपनि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।

‘उपचारका लागि आउनु भएको थियो । चेकजाँच गरेर फर्कँदै गर्दा टिपरले ज्यान लियो’ विपिनले भने । स्कूटर चलाइरहेका छोरा प्रितम भने सामान्य घाइते भएका छन् ।

दुर्घटनालगत्तै प्रहरीले मोरङको कानेपोखरी गाउँपालिका–३ का ३३ वर्षीय टिपर चालक कुलदीप चौधरीलाई नियन्त्रणमा लिएको छ । सुशीलका श्रीमती र दुई छोरा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय