latest
कुलमान, बालेन रास्वापामा जाने च्याप्टर क्लोज, भोलि कुलमानको पार्टी दर्ता हुदै  ||    ‘हाम्रो पार्टी नेपाल’ नामक दल दर्ता गर्दै यी अभियन्ता, चुनाव चिह्न गोलो घेराभित्र ‘लाइक (👍)’ चिह्न  ||    अलपत्र परेका यी नेताले रास्वपाको नेतृत्व लिने इच्छा गरेको खुलाशा  ||    घनश्याम, किसान श्रेष्ठ, रामकुमारीसहित ६ नेताबारे नयाँ खुलाशा  ||    सोमबार देखि फेरी एमाले बन्दै  ||    रवि र छविको मुद्दामा उच्चले दियो यस्तो आदेश  ||    बालेनले लेखेको स्टाटसलाई लिएर साईबर ब्युरो पुग्यो युवा संघ, राहदानी रोक्का राख्न र पक्राउ गर्न माग  ||    जनार्दन शर्मा, सुदन किराँती, सुमना श्रेष्ठ, डीपी अर्यालकेको तयारी गर्दैछन ?  ||   
बिहिबार , कार्तिक २०, २०८२

उदयपुरको चौदण्डीगढी नगरपालिका-४, बसाहामा बुधबार बिहान एक किशोरी र एक युवक मृत अवस्थामा फेला परेका छन्। सोही ठाउँका १५ वर्षीया मञ्जु राई र २७ वर्षीय रविन्द्र राई मृत भेटिएका हुन्।

प्रहरीले घटनालाई शंकास्पद मान्दै हत्यापछि आत्महत्या भएको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ। उनीहरूको शव एकअर्काबाट करिब २ सय ५० मिटरको दूरीमा भेटिएका थियो।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार, मञ्जुको शव मदन भण्डारी लोकमार्गको बसाहा–बँदेलपानी खण्डको सडक किनारमा उत्तानो परेको अवस्थामा भेटिएको थियो। बिहान सडकमा हिँड्नेहरूले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरी घटनास्थल पुगेर अनुसन्धान थाल्दै गर्दा रविन्द्र घरमा नभएको थाहा भयो। खोजी गर्ने क्रममा घर अगाडि उनको शव फेला परेको थियो।

इलाका प्रहरी कार्यालय बेलटारका प्रमुख इन्स्पेक्टर नविन राईले घटना शंकास्पद देखिएको र दुई मृत्युबीच अन्तरसम्बन्ध हुनसक्ने बताए। स्थानीयलाई उद्धृत गर्दै उनले भने, ‘गाउँकै विद्यालयमा कक्षा १० मा पढ्ने मञ्जु र रविन्द्रबीच प्रेम सम्बन्ध रहेको बुझिएको छ।’

स्थानीयले रविन्द्रले नै मञ्जुको हत्या गरेर पछि आफूले आत्महत्या गरेको हुनसक्ने आशंका व्यक्त गरेका छन्। ‘रविन्द्रले मञ्जुलाई सानैदेखि घुमाउने, डुलाउने गर्थे। पहिले बालिकालाई मारेर पछि आत्महत्या गरेको हुनसक्ने स्थानीयको अनुमान छ,’ इन्स्पेक्टर राईले भने, ‘तर, यथार्थ के हो भन्ने कुरा पोस्टमार्टम र भिसेरा रिपोर्ट आएपछि मात्रै खुल्छ।’

प्रहरीले घटनास्थलको सर्जमिन मुचुल्का तयार गरी दुवै शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ। घटनाको गहिरो अनुसन्धान गर्नुपर्ने भएकाले सुविधासम्पन्न अस्पताल पठाइएको इन्स्पेक्टर राईले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय उदयपुर र इलाका प्रहरी कार्यालय बेलटारले घटनाबारे थप अनुसन्धान गरिरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय