latest
अहमदाबादमा दुर्घटनाग्रस्त एयर इण्डियाको विमानबारे ठूलो खुलासा  ||    बीए तेस्रो वर्षको वार्षिक परीक्षा दिदै बिरामी रचना  ||    २८ वर्षीय रविन संग १४ वर्षीय मञ्जुको प्रेम, दुई सय मिटरको फरकमा भेटियो दुबैको शव  ||    विराटनगरका मेयर कसरी पुगे युद्धग्रस्त इजरायलको बंकरमा ?  ||    भ्रष्ट्राचारविरुद्ध ३१ दिन खाली खुट्टा हिडेर प्रधानमन्त्री भेट्न काठमाडौं आएका बोहोराले भेट्न पाएनन ओली  ||    दिलभूषणले केहि गरि सुख पाएनन्  ||    ओलीविरुद्ध बोल्नेलाई एकएक गरि ठेगान लगाउदै सरकार, आज पक्राउ परे अर्का युटुबर  ||    नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्षले कुटे रास्वपाका दुई नेता  ||   
बुधबार , असार ४, २०८२

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला कृषि र सहकारी अभ्यासको अध्ययन भ्रमणका लागि जेठ २६ गते इजरायल गएका थिए। त्यहाँ पुगेपछि सुरु भएको इजरायल–इरान युद्धका कारण अहिले उनको बंकरको बास भएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई ट्रान्जिट हुँदै इजरायल पुगेका कोइरालाले निर्धारित कार्यक्रमअनुसार इजरायलमा विभिन्न सहकारी र कृषि परियोजनाको अवलोकन गर्ने तालिका बनाएका थिए।

उनी इजरायल पुगेको तेस्रो दिन अर्थात् जेठ २९ गते इजरायलले इरानमाथि हमला गरेपछि युद्ध सुरु भयो। युद्ध सुरु भएलगत्तै इजरायलभर आपतकालीन अवस्था लागू भयो। मेयर कोइराला इजरायलको सेफाइम सहरको सहकारी अतिथि गृहमा बसेका थिए। युद्ध सुरु भएपछि उनीसहित फिलिपिन्सका १७ जना जनप्रतिनिधि बंकरमा बस्न बाध्य भएका छन्।

साइरन बज्नेबित्तिकै उनीहरू बंकरमा छिर्छन् र साइरन रोकिएपछि मात्र बाहिर निस्कने गरेका छन्। कोइरालाका अनुसार साइरन बजेको डेढ मिनेटभित्र बंकरमा पुग्नुपर्ने बाध्यता छ। पटक–पटक बंकरमा जानु परेको अनुभव उनले सुनाएका छन्।

उनी इजरायलको विदेश मन्त्रालयको निमन्त्रणामा कृषि र सहकारी अवलोकनका लागि गएका थिए। निर्धारित कार्यक्रमअनुसार प्रत्येक सहकारी क्षेत्रमा तीन दिनको बसाइ र अध्ययन तय गरिएको थियो। तर युद्ध सुरु भएपछि अन्य गन्तव्यमा जान पाएका छैनन्।

नेपाल फर्किनका लागि कोइरालालाई अहिले जोर्डन, कुवेत र भारत हुँदै आउने तयारी गरिएको प्रेस संयोजक मिनकुमार नबोदितले जनाएका छन्। इजरायलमा विमानस्थल बन्द भएकाले वैकल्पिक बाटो खोजी गरिएको हो।

नेपाली राजदूत धनप्रसाद पण्डितले कोइरालालाई आफ्नो निवासमा बस्न अनुरोध गरे पनि उनी टोली नछाड्ने अडानमा छन्। इजरायलस्थित अन्य नेपालीहरू पनि सुरक्षित रहेको राजदूत पण्डितले जनाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय