latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शनिबार , अषोज ४, २०८२

त्रकार दिलभूषण पाठकलाई उपस्थित हुन प्रहरीको साइबर ब्यूरोले सार्वजनिक सूचना जारी गरेको छ । उनीमाथि धरपकड नगर्न उच्च अदालत, पाटनले सोमबार मात्र अल्पकालिन अन्तरिम आदेश दिएको थियो।

मंगलबार साइबर ब्यूरोले यथास्रिघ उपस्थित हुन भनेर सार्वजनिक सूचना जारी गरेको हो । साइबर ब्यूरो वा नजिकको प्रहरी कार्यालयमा उपस्थित भई अनुसन्धानमा सघाउन भनिएको छ ।

पत्रकार पाठकले एक नेतापुत्रको लगानीको विषयमा समाचार प्रसारण गरेका थिए। सो समाचार तथ्यहिन भएको भन्दै उनीविरुद्ध साइबर अपराध मुद्दामा जाहेरी दिइएको हो । समाचारकै आधारमा साइबर अपराध मुद्दामा पक्राउ पूर्जी जारी गरिएकोमा सञ्चारसम्बद्ध संघसंस्था तथा सञ्चारकर्मीले आपत्ति जनाउँदै आएका छन्।

पक्राउ पूर्जीविरुद्ध परेको निषेधाज्ञाको निवेदनमा अन्तरिम आदेशका लागि अदालतले ५ असारमा बोलाएको अवस्थामा यसरी प्रहरीले उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय