
अभिव्यक्ति स्वतन्त्रताविरुद्ध सरकार थप आक्रामक बनेको छ। प्रधानमन्त्री केपी ओलीविरुद्ध अपशब्द प्रयोग गरेको तथा तथ्यहीन र आधारहीन विषयमा सामग्रीहरू प्रसारण गरेको आरोपमा प्रहरीले रमा बस्नेत पक्राउ परेको दुई दिनपछि अर्का आज युट्युबर रेशमराज पौडेललाई पक्राउ गरेको हो ।
पौडेलले युट्युब च्यानल ‘ड्राइभर रेशम’मार्फत प्रधानमन्त्री ओलीको आलोचना र रास्वपाको पक्षमा सामग्री प्रसारण गर्दै आएका थिए । उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले नेपालगन्जको रुपैडियाबाट पक्राउ गरेको हो। उनीविरुद्ध साइबर ब्युरोले साइबर अपराध मुद्दामा कारबाही अघि बढाएको छ ।
बागलुङको निसीखोला गाउँपालिका– ४ घर भएका पौडेलले कानुनले वर्जित गरेका शब्द र सामग्री प्रसारण गरी नकारात्मक धारणा फैलाएकाले उनलाई पक्राउ गरिएको साइबर ब्युरोका एसपी दीपकराज अवस्थीले बताए ।
प्रधानमन्त्री ओलीको चर्काे आलोचना गरेको भन्दै टिकटकर रमा बस्नेतलाई प्रहरीले गत आइतबार पक्राउ गरेकोमा साइबर अपराधमा पक्राउ गरी थुनामा राखेको छ ।