latest
कुलमान, बालेन रास्वापामा जाने च्याप्टर क्लोज, भोलि कुलमानको पार्टी दर्ता हुदै  ||    ‘हाम्रो पार्टी नेपाल’ नामक दल दर्ता गर्दै यी अभियन्ता, चुनाव चिह्न गोलो घेराभित्र ‘लाइक (👍)’ चिह्न  ||    अलपत्र परेका यी नेताले रास्वपाको नेतृत्व लिने इच्छा गरेको खुलाशा  ||    घनश्याम, किसान श्रेष्ठ, रामकुमारीसहित ६ नेताबारे नयाँ खुलाशा  ||    सोमबार देखि फेरी एमाले बन्दै  ||    रवि र छविको मुद्दामा उच्चले दियो यस्तो आदेश  ||    बालेनले लेखेको स्टाटसलाई लिएर साईबर ब्युरो पुग्यो युवा संघ, राहदानी रोक्का राख्न र पक्राउ गर्न माग  ||    जनार्दन शर्मा, सुदन किराँती, सुमना श्रेष्ठ, डीपी अर्यालकेको तयारी गर्दैछन ?  ||   
बिहिबार , कार्तिक २०, २०८२

भिजिट भिसामा विदेश पठाएर रकम असुलेको घटनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईमाथि अनुसन्धान गरिरहेको छ । हाल आफूहरूले भट्टराईबाट जफत गरिएको डायरीको विवरण विश्लेषण गरिरहेको अख्तियारका अधिकृतहरू बताउँछन् ।

उनीमाथि त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयको प्रमुख हुँदा बिचौलियाहरूसँग मिलेर भिजिट भिसामा ‘सेटिङ’ गरेर कागजात नपुगेका नेपालीलाई विदेश पठाएको आरोप छ । कागजात नपुगेकाहरूलाई विदेश उड्ने अनुमति दिएर भट्टराईले गिरोहसँग मिलेर लाखौँ असुलेको अख्तियारको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

भट्टराईको डायरीमा सेटिङमा पठाइएका मानिसहरूको सूची र हिसाब किताव भेटिएको अख्तियारका एक जना उच्च अधिकृतले बताए ।

जेठ ७ देखि आयोगले भट्टराईमाथि अनुसन्धान गरिरहेको छ । डायरीमा भिजिटमा पठाउनुपर्ने व्यक्तिहरूको विवरण र को मार्फत आएको भनेर पनि उल्लेख गरेका छन् । विवरण अनुसार गृह मन्त्रालयका उच्च अधिकृतहरूको नाम पनि उल्लेख छ । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्, ‘यो फलानोको मान्छे, यिनीहरूलाई आज उडाउनुपर्ने भनेर उल्लेख गरेको देखिन्छ ।’

बिचौलिया मार्फत आएका र मन्त्रालयका अधिकृतहरूले सिफारिसमा अध्यागमन क्लियर गर्नुपर्ने व्यक्तिहरूको सूची डायरीमा रेखाङ्कन गरेर विवरण राखेको फेला परेको छ । ‘कोड वर्ड’ र संकेतहरु पनि डायरीमा भेटिएको छ । कोड वर्डबारे अनुसन्धान अधिकृतहरूले सहसचिव भट्टराई, सेटिङमा संलग्न आरोपीहरू खगेन्द्र सुवेदी, बालकृष्ण पौडेल र एक जना महिलासँग सोधपुछ गरेका छन् । अख्तियारका एक जना उच्च अधिकृत भन्छन्, ‘डायरीमा उल्लेख गरिएको सङ्केत यकिन गरेर विश्लेषण गर्दै छौँ ।’

अनुसन्धान अधिकृतहरूले भट्टराईको दुई वटा मोबाइल बरामद गरेका छन् । मोबाइलको पासवर्ड भन्न भट्टराईले ‘आनाकानी’ गरेको अख्तियारका अधिकृतहरू बताउँछन् । अख्तियार स्रोतका अनुसार भट्टराईले भनेको पासवर्डबाट मोबाइल खुलेन । त्यसपछि पटक–पटक सोधपुछ गर्दा उनले भन्ने गरेका छन्, ‘पहिला त्यही थियो, किन खुलेन मलाई त्यसबारे थाहा भएन ।’

सहसचिव तीर्थराज भट्टराई, ‘द होलिडेज’ ट्राभलका सञ्चालक बालकृष्ण पौडेल र अर्का एक जना खगेन्द्र सुवेदी सहित चार जनाको डिभाइस आयोगले बरामद गरेको छ । खगेन्द्र सुवेदी र तीर्थराज भट्टराई पछिल्लो समय निकट भनेर चिनिन्छन् । बालकृष्ण पौडेल एसकेआर मेनपावरसँग पनि आबद्ध छन् ।

अनुसन्धानको दायरामा अर्की एक जना महिला पनि छिन् । ती महिलासँग आयोगले बयान लिइसकेको छ । ती महिलासँग भट्टराईको आर्थिक ‘लेनदेन’ रहेको भेटिएको छ ।

पर्यटक भिसा लगाएर बिदेसिनेहरुसँग असुल्न त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका कर्मचारी र बिचौलियाले ‘कोड वर्ड’ प्रयोग गर्दै आएका थिए । उनीहरूले युएई र कुवेततर्फ जाने महिलाहरूबाट धेरै रकम असुल्ने गरेको अख्तियारको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय