latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शनिबार , अषोज ४, २०८२

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी गरेको छ।

बोर्डका अनुसार विद्यालय तहका शिक्षकहरू आन्दोलनमा उत्रिएपछि उत्तरपुस्तिका परीक्षण प्रक्रिया प्रभावित भएकाले यसपटक नतिजा गत वर्षको तुलनामा ढिलो हुने भएको हो।

अहिले भने उत्तरपुस्तिका परीक्षण अन्तिम चरणमा पुगेको बोर्डले जनाएको छ।

यसअघि बोर्डले परीक्षा सकिएको तीन महीनाभित्र नतिजा प्रकाशित गर्ने योजना बनाएको थियो। तर नेपाल शिक्षक महासङ्घको आन्दोलन र काठमाडौं केन्द्रित विरोध प्रदर्शनका कारण उत्तरपुस्तिका परीक्षण झन्डै एक महीनापछि मात्र सुरू भएको थियो।

नतिजा प्रकाशित भएलगत्तै विद्यार्थीहरूले बोर्डको आधिकारिक वेबसाइट र एसएमएस तथा मोबाइल एपमार्फत नतिजा हेर्न सक्ने बोर्डले जनाएको छ।

एसइई परीक्षा गत ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थीहरू सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय