latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शनिबार , अषोज ४, २०८२

टिकटकर रमा बस्नेतलाई पक्राउ पर्दैछु भन्ने कुनै पनि भेउ थिएन । हिजो अचानक साइबर ब्यूरोका प्रहरी कोठैमा आएपछि उनी आत्तिइन् ।

कुनै पनि राजनीतिक पार्टीमा आवद्ध नरहेकी रमा केही समयदेखि रास्वपाको समर्थन र सरकारको विरोधमा टिकटकमा बोल्ने गर्थिन् । यो कार्यले हिरासत पुर्याउला भन्ने रमालाई हेक्कै थिएन ।

भक्तपुरमा रहेको कोठामा एक्लै बस्दै आएकी छिन् रमा । उनका बुवाआमा खोटाङमा बस्छन् । उनी एउटा निजी कम्पनीमा सामान्य जागीर पनि खान्छिन् । अहिले बुवा बिरामी भएर अस्पतालमा छन् । यही बेला आफू पक्राउ परेपछि रमालाई बेचैनी भएको छ ।

प्रहरी स्रोतका अनुसार पक्राउ गरेर लगिँदा उनी पूरै नर्भस भएकी थिइन् । हिरासतमा पुर्याउँसम्म उनको स्थिति खराब भइसकेको थियो ।

‘उहाँ अर्धमुर्छित जस्तै हुनुभयो र वान्ता पनि गर्नुभयो, त्यसपछि हामीले राति नै अस्पताल लग्यौं,’ दरवारमार्ग वृत्तका एक प्रहरीले भने ।

रमालाई राति वीर अस्पताल पुर्याइएको थियो । त्यहाँ सामान्य उपचारपछि उनलाई फेरि हिरासत फर्काइयो । हिरासतमा उनी अनवरत रोइरहेकी थिइन् । आज भने उनको अवस्थामा केही सुधार भएको छ ।

आफूलाई कसले उजुरी दिएको हो भन्ने पत्तो पाएकी छैनन् रमाले । बरु कति दिन हिरासत बस्नुपर्छ भन्ने भयले उनलाई सताइरहेको छ । हिजो प्रहरीले तीन दिन म्याद थप गरेको थियो । बुवाको स्वास्थ्य र आफ्नो हिरासत यात्राले उनी आत्तिएकी छन् ।

काठमाडौंमा रमाका परिवार र आफन्तहरु खासै कोही नभएको उनकी एक साथीले जानकारी दिइन् । उनलाई अहिलेसम्म कसैले फेर्ने कपडा पनि लगिदिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय