latest
कुलमान, बालेन रास्वापामा जाने च्याप्टर क्लोज, भोलि कुलमानको पार्टी दर्ता हुदै  ||    ‘हाम्रो पार्टी नेपाल’ नामक दल दर्ता गर्दै यी अभियन्ता, चुनाव चिह्न गोलो घेराभित्र ‘लाइक (👍)’ चिह्न  ||    अलपत्र परेका यी नेताले रास्वपाको नेतृत्व लिने इच्छा गरेको खुलाशा  ||    घनश्याम, किसान श्रेष्ठ, रामकुमारीसहित ६ नेताबारे नयाँ खुलाशा  ||    सोमबार देखि फेरी एमाले बन्दै  ||    रवि र छविको मुद्दामा उच्चले दियो यस्तो आदेश  ||    बालेनले लेखेको स्टाटसलाई लिएर साईबर ब्युरो पुग्यो युवा संघ, राहदानी रोक्का राख्न र पक्राउ गर्न माग  ||    जनार्दन शर्मा, सुदन किराँती, सुमना श्रेष्ठ, डीपी अर्यालकेको तयारी गर्दैछन ?  ||   
बिहिबार , कार्तिक २०, २०८२

शुक्रवार राति बूढानीलकण्ठस्थित घरमा भारतीय नागरिक ५४ वर्षीय परम नारायण गिल मृत फेला परे । पन्जाबको चण्डीगढ घर भएका उनले विवाह लगायत समारोहका फोटो खिच्ने पेशा गर्दै आएका थिए ।

उनको घरमा काम गर्ने अन्जना तामाङ पनि मृत अवस्थामा भेटिइन् । २८ वर्षीया तामाङ धादिङको गल्छी गाउँपालिका–६ की हुन् ।

गिलले भाडामा लिएको घरमा काम सकेर साँझ ५ बजे सधैँ आफ्नो डेरामा फर्किने अन्जना लामो समय नफर्केपछि उनकी बहिनी उनलाई खोज्न गइन् । सो घरमा बत्ती बलिरहेको थियो तर, भित्रबाट चुकुल लगाएको देखेपछि बहिनीले प्रहरीलाई खबर गर्दा दुवै जना मृत भेटिए ।

अञ्जनाको टाउको चोट देखिएको छ । बुढानलीकण्ठ नगरपालिका–४ पासिकोट स्थित थ्री स्टार किड्स जोन स्कुलको कम्पाउन्ड भित्रको घरमा उनीहरूको शव सँगै विषादीको बट्टा भेटिएको छ । अन्जनाको हत्यापछि गिलले आत्महत्या गरेको हुनसक्ने जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए ।

उनले भने, ‘दुई वटा विषको बट्टा खोलेको अवस्थामा भेटिएको छ ।’ त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरूले पनि गिलले विषादी सेवन गरेको प्रारम्भिक जानकारी प्रहरीलाई गराएका छन् ।

गिलकी पत्नी विदेशमा बस्छिन् । छोरीको विवाह भैसकेको छ । अञ्जनाका श्रीमान् पनि विदेशमा छन्, उनी दुई सन्तानसँग बूढानीलकण्ठमा बस्छिन् । अनुसन्धानमा संलग्न एक जना अधिकृतका अनुसार अञ्जनाका श्रीमान् बिदा सकेर ३ दिनअघि मात्र विदेश फर्केका थिए ।

शुक्रवार राति ९ बजेर ४० मिनेटमा खबर पाएपछि प्रहरीले त्यसबारे अनुसन्धान गरिरहेको छ । घटनास्थलमा कुकुर पनि मृत भेटिएको छ । कुकुरलाई विष खुवाएर वा हिर्काएर मारेको आशंका गरिएको छ । एसपी बोहरा भन्छन्, ‘कुकुरलाई पनि चोट लागेको देखिन्छ ।’

घटनास्थलमा ह्यामर फेला परेको छ । अञ्जनालाई गिलले ह्यामरले हिर्काएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

ढोका भित्रबाट चुकुल लगाएको हुनाले बाहिरबाट तेस्रो व्यक्तिको प्रवेश भएको नदेखिएको प्रहरी वृत्त महाराजगञ्जका डीएसपी निरञ्जन थापाले बताए । उनले भने, ‘हामी ढोका फोडेर घटनास्थलमा प्रवेश गरेका हौँ, अहिलेसम्मको अनुसन्धानमा तेस्रो व्यक्तिको प्रवेश देखिँदैन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय