latest
कुलमान, बालेन रास्वापामा जाने च्याप्टर क्लोज, भोलि कुलमानको पार्टी दर्ता हुदै  ||    ‘हाम्रो पार्टी नेपाल’ नामक दल दर्ता गर्दै यी अभियन्ता, चुनाव चिह्न गोलो घेराभित्र ‘लाइक (👍)’ चिह्न  ||    अलपत्र परेका यी नेताले रास्वपाको नेतृत्व लिने इच्छा गरेको खुलाशा  ||    घनश्याम, किसान श्रेष्ठ, रामकुमारीसहित ६ नेताबारे नयाँ खुलाशा  ||    सोमबार देखि फेरी एमाले बन्दै  ||    रवि र छविको मुद्दामा उच्चले दियो यस्तो आदेश  ||    बालेनले लेखेको स्टाटसलाई लिएर साईबर ब्युरो पुग्यो युवा संघ, राहदानी रोक्का राख्न र पक्राउ गर्न माग  ||    जनार्दन शर्मा, सुदन किराँती, सुमना श्रेष्ठ, डीपी अर्यालकेको तयारी गर्दैछन ?  ||   
बिहिबार , कार्तिक २०, २०८२

चर्चित टिकटकर ३१ वर्षीया रमा बस्नेत पक्राउ परेकी छन् । सामाजिक सञ्जाल टिकटकबाट प्रतिष्ठित व्यक्ति तथा संस्थाको चरित्र हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

नेपाल प्रहरीको साइबर ब्युरोबाट खटिएको टोलीले खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ घर भई हाल भक्तपुर बस्दै आएकी बस्नेतलाई आज नियन्त्रणमा लिएको हो ।

सामाजिक सञ्जाल प्रयोग गरी नियोजितरुपमा जातीय एवम् साम्प्रदायिक भावनामा खलल पुर्‍याएको उनीमाथि आरोप छ । ३१ वर्षीया बस्नेतलाई आज पक्राउ गरेर अदालतबाट ३ दिनको म्याद लिई अनुसन्धान थालिएको साइबर ब्युरोका उपनिर्देशक एसपी दीपकराज अवस्थीले जानकारी दिए ।

ब्युरोका अनुसार बस्नेतले प्रतिष्ठित व्यक्ति र संस्थाविरुद्ध तथ्य र आधारहीन विषय उठान गरी टिकटकमा लगातार भिडियो हालेको गुनासोपछि अनुसन्धानका लागि नियन्त्रणमा लिनुपरेको हो । उनीविरुद्ध विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा अनुसन्धान भैरहेको जनाइएको छ ।

मूलधारका राजनीतिक दल र नेता-कार्यकर्तालाई बाट वाक्र्दैक भएकी उनले राष्ट्रिय स्वतन्त्र पार्टी र रवि लामिछानेको समर्थन मा भिडियो बनाउदै आएकी थिईन । उनले टिकटकमा प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीको बिरोध अनि रवि र बालेनको समर्थनमा भिडिओ पोष्ट गर्ने गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय