latest
सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै  ||    एमाले नेता टोपबहादुर रायमाझीविरुद्ध प्रतिशोध भएको भन्दै हस्ताक्षर अभियान-  ||    प्रधानमन्त्री ओलीले गरे जिबन कै सबै भन्दा ब्यबहारिक कुरा  ||    काठमाडौँको टोखामा इनड्राइभ राइडरको मृत्यु, चालक को मृत्यु भैसके पछी यसो भन्छ इनड्राइभ-  ||    मन्त्री गुप्तालाई लक्षित ‘घुस काण्ड’ अडियो लिक, आधा करोडसम्म मागिएको खुलासा  ||    लोक सेवा आयोगको परिक्षा दिन पुगेकी श्रीमतीलाई साथ गएका जनक बाटोमै अस्ताए  ||    चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश  ||    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु  ||   
शनिबार , असार २८, २०८२

बुटवलबाट पोखरा घुम्न गएकी एक महिलाको होटलको छतबाट खसेर मृत्यु भएको छ।

बुटवल उपमहानगरपालिका–१७, रानीगञ्जकी ३२ वर्षीया सरिता भण्डारी पोखरा–६ डिहिकोपाटनस्थित एक होटलको पाँचौँ तलाबाट खसेको अवस्थामा शुक्रबार राति फेला परेकी हुन्।


उनी श्रीमान लक्ष्मण भण्डारी (३८ वर्ष) र दुई छोरासहित बिहीबार पोखरा घुम्न आएकी थिइन्। शुक्रबार राति करिब साढे १२ बजे श्रीमान–श्रीमती होटलको छतमा बसेको अवस्थामा सरिता पाँचौँ तलाबाट झरेकी थिइन्। करिब ५५ फिट तल होटलको गेटमा खसेपछि तुरुन्तै उपचारका लागि गण्डकी मेडिकल कलेज पुर्‍याइएकी उनलाई चिकित्सकले राति १:०२ बजे मृत घोषणा गरेका थिए।

घटनास्थलमा सीसीटीभी नहुँदा घटनाको कारण अस्पष्ट छ। हत्या, आत्महत्या वा दुर्घटना के हो भन्नेबारे प्रस्ट हुन नसकेको प्रहरीले जनाएको छ।

अनुसन्धानको लागि उनका श्रीमानलाई जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको हो। हाल उनी वडा प्रहरी कार्यालय बैदामको हिरासतमा छन्।

पोस्टमार्टम रिपोर्ट आएपछि थप अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ। मृतक सरिताका परिवारजन शनिबार बिहान पोखरा आइपुगेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय