latest
कुलमान, बालेन रास्वापामा जाने च्याप्टर क्लोज, भोलि कुलमानको पार्टी ‘उज्यालो नेपाल पार्टी’ दर्ता हुदै  ||    ‘हाम्रो पार्टी नेपाल’ नामक दल दर्ता गर्दै यी अभियन्ता, चुनाव चिह्न गोलो घेराभित्र ‘लाइक (👍)’ चिह्न  ||    अलपत्र परेका यी नेताले रास्वपाको नेतृत्व लिने इच्छा गरेको खुलाशा  ||    घनश्याम, किसान श्रेष्ठ, रामकुमारीसहित ६ नेताबारे नयाँ खुलाशा  ||    सोमबार देखि फेरी एमाले बन्दै  ||    रवि र छविको मुद्दामा उच्चले दियो यस्तो आदेश  ||    बालेनले लेखेको स्टाटसलाई लिएर साईबर ब्युरो पुग्यो युवा संघ, राहदानी रोक्का राख्न र पक्राउ गर्न माग  ||    जनार्दन शर्मा, सुदन किराँती, सुमना श्रेष्ठ, डीपी अर्यालकेको तयारी गर्दैछन ?  ||   
बिहिबार , कार्तिक २०, २०८२

रबि लामिछाने, दुर्गा प्रसाईं, कुलमान घिसिंगपछी काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई सिध्याउने खेल शुरु भएको छ ।मेयर शाहले लिफ्ट जडानमा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ।

बिनाप्रतिस्पर्धा, बिनाटेण्डर र बिनाकोटेसन लिफ्ट जडान गरेको भन्दै युवराज सफलले बिहीबार टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरेका हुन्।

‘उपरोक्त सम्बन्धमा यो जानकारी गराउन चाहन्छु कि काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाहले केही महिनाअघि महानगरमा बिनाप्रतिस्पर्धा, बिनाटेण्डर र बिनाकोटेसन करिब एक करोड रुपैयाँ मूल्य बराबरको लिफ्ट जडान गरेका छन्,’ उजुरीमा भनिएको छ, ‘विशेषत सो लिफ्ट मेयर वालेन्द्र शाहकै लागि जडान गरिएको पनि महानगरपालिका स्रोतले जनाएको छ।’

लिफ्ट जडान गर्दा सार्वजनिक खरिद ऐन र सार्वजनिक खरिद नियमावलीविपरित समेत भएकाले त्यसमा भएको भ्रष्टाचारको छानबिन गर्न समेत माग गरिएको छ।

‘सामान्यतया सरकारी वा सार्वजनिक निकायले कुनै खरिद वा निर्माण गर्दा बोलपत्र आह्वान गर्नुपर्ने कुरा अनिवार्य नै हो,’ उजुरीमा भनिएको छ, ‘अतः तत्काल काठमाडौँ महानगरपालिकाले जोडेको नयाँ लिफ्ट जडानसम्बन्धी टेण्डर, बोलपत्र लगायतका आवश्यक कागजात निर्माण कम्पनीको विवरण, सो निर्माण स्वीकृत गर्दाका सम्पूर्ण फाइल, भुक्तानी विवरण, बिल भौचर लगायतका कागजात समेत झिकाई नयाँ लिफ्ट निर्माणमा भएका अनियमितता एवं भ्रष्टाचारको सम्बन्धमा सत्यतथ्य छानबिन गरी आवश्यक कारबाही गर्नुहुन प्रस्तुत उजुरी पेस गरेको छु।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय