
संघीय संसदको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोख्रेललाई पितृशोक परेको छ ।
नेकपा (एमाले)का नेतासमेत रहेका पोखरेलका पिता ८८ वर्षीय रामचन्द्र पोखरेलको बुधबार साँझ ६ः९ बजेतिर निधन भएको पारिवारले जनाएको छ । परिवारका अनुसार विराटनगर महानगरपालिका–८ स्थित निवासमा उनको निधन भएको हो ।